नन्दीग्राम-रेजीनगर उपचुनाउः तृणमूलमाथि दिलीप घोषको कटाक्ष
नन्दीग्राम-रेजीनगर उपचुनाउः तृणमूलमाथि दिलीप घोषको कटाक्ष


कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। नन्दीग्राम र रेजीनगर उपचुनाउलाई लिएर भाजपा नेता दिलीप घोषले तृणमूल कङग्रेसलाई लक्षित गरे। उम्मेद्वार चयनमाथि कटाक्ष गर्दै उनले भने, अदालत वा चुनाउ आयोगले गरेको फसेला नै अन्तिम हुनेछ। जसलाई मौका दिन्छ, उसैले यसको उपयोग गर्नेछ। उनले दाबी गरे, तृणमूलमा उम्मेद्वार चयन गर्नको लागि कुनै पनि प्रकारको सङ्गठनात्मक नियम-कानूनको दबाव छैन।

दिलीप घोषले भने, “जुन पार्टीलाई मानिसहरूले छोड़िसकेका छन्, त्यसको असल्ली-नक्कली के हो? पछिल्लो चुनाउमा चुनाउ चिन्ह थियो तथापि चुनाउमा परास्त भयो। चुनाउ चिन्ह महत्वपूर्ण होइन।” उनले भने, भाजपा एक सङ्गठित पार्टी हो, त्यसैले उपचुनाउ जस्तो चुनाउमा पनि संसदीय बोर्डको बैठक गरेपछि मात्र उम्मेद्वार चयन गरिन्छ।

तृणमूलमाथि प्रहार गर्दै दिलीप घोषले भने, “धेरै जना मानिसहरूले उम्मेद्वारिता गर्नेछन्। हारको डर हुनेहरूले पहिलो उममेद्वार घोषित भएर अलिकति प्रसिद्धि हासिल गर्ने प्रयास गर्दछन्। भाजपा सङ्गठित पार्टी हो। हाम्रो परम्परा र नियमहरू अनुसार नै उम्मेद्वार चयन हुन्छ। हामी जित्ने पनि छौं।” उनले तृणमूल कङ्ग्रेसमाथि भ्रष्टाचारको सन्दर्भमाद लक्षित गर्दै आरोप लगाए, पार्टीमा “भ्रष्टाचारी, चोर बाहेक ्अन्य कोही छैन।” उनले भने, जनताले एकपटक फसेला लिसकेका छन् र यसपालि पनि जनताले आफ्नो फसेला सुनाउनेछन्।

सड़कहरूको नाम परिवर्तन गरेको मुद्दामा पनि दिलीप घोषले प्रतिक्रिया व्यक्त गरे।तथागत रायले दिएका सुझाउको सम्बन्धमा उनले भने, यस किसिमको परिवर्तनको लागि धेरैजना विशिष्ट मानिसहरूको प्रस्ताव आउँछ। यी प्रस्तावहरूको समीक्षा गर्नको लागि टीम बनाइएको छ, त्यसपछि निर्णय लिइनेछ।

दिलीप घोषले भने, कोलकाताका कतिपय सड़कहरूको नाम अहिले पनि ब्रिटिश अधिकारीहरूको नाममा छ। उनले दाबी गरे, केही सड़कहरूको नाम यस्ता मानिसहरूको नाममा छ जो ब्रिटिश शासनको नजिकमा थिए। “यो हाम्रो लागि गर्वको कुरा होइन।” विदेशी व्यक्तित्वहरूको नाममा रहेकका सड़क अनि उनीहरूको मूर्तिहरूलाई लिएर पनि उनले प्रश्न उठाउँदै अघि भने, जुन मानिसहरूको अहिले आफ्नो देशमै नाम र मूर्तिहरू छैन, उनीहरूको नाम भारतमा राख्ने आवश्यकतै छैन। यसमाथि पनि विचार गर्नुपर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande