हिन्दी दिवसमा मुख्यमन्त्री सरमाले हिन्दीको समृद्ध परम्परालाई नमन गरे
हिन्दी दिवसमा मुख्यमन्त्री सरमाले हिन्दीको समृद्ध परम्परालाई नमन गरे


गुवाहाटी, 14 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोमवार हिन्दी दिवसको अवसरमा हिन्दी भाषाको समृद्ध साहित्यिक परम्परा र भारतीय समाजमा हिन्दीको योगदानलाई नमन गरे। सोशल मिडिया पोस्टको माध्यमबाट मुख्यमन्त्रीले भने, हिन्दीको सुन्दरता यस कुरामा निहित छ कि यसमा कबीरको निर्भीकता, तुलसीदासको भक्ति, मुन्शी प्रेमचन्दको संवेदनशीलता औ रामधारी सिंह दिनकरको हुङ्कार एक साथ देखिन्छ।

डा. सरमाले भने, समयसँगसँगै हिन्दीले भारतको परिवर्तित समाज, विचार एवं जीवनलाई आफ्नो अभिव्यक्ति दिेको छ। उनले हिन्दीको यस जीवन्त र समृद्ध परम्पराप्रति सम्मान व्यक्त गर्दै हिन्दी दिवसमा सबैलाई शुभकामना दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande