भाजपामा सामेल हुन आएका तृणमूल नेताहरूलाई हरियो रङ्ग लगाएर फर्काइयो
भाजपामा सामेल हुन आएका तृणमूल नेताहरूलाई हरियो रङ्ग लगाएर फर्काइयो


कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। आगामी 17 सेप्टेम्बरदेखि भाजपाको सङ्गठनात्मक जिल्लाका विभिन्न बूथहरूको नेतृत्व चयनसँगसँगै जिल्ला सङ्गठनको चुनाउ प्रक्रिया शुरू हुने कुरा गरिँदैछ। यसअघि दक्षिण 24 परगनामा दल-बदललाई लिएर राजनीतिक चर्चाहरू चुलिएका छन्।

स्थानीय सूत्र अनुसार गङ्गासागर क्षेत्रमा तृणमूलका पूर्व उपप्रधान सहित केही स्थानीय नेताहरूले भाजपा नेतृत्वसित भेट गरी पार्टीमा सामेल हुने इच्छा व्यक्त गरे। तर उनीहरूलाई भाजपामा सामेल गर्नको सट्टा हरियो रङ्ग दलेर फर्काइएको दाबी गरिँदैछ। यस घटनापछि क्षेत्रमा राजनीतिक चर्चा तीव्र भएको छ।

यस्तै एउटा घटना क्यानिङ्ग क्षेत्रमा पनि भएको दाबी गरिएको छ। आरोप छ, गए आइतवार राती तृणमूल छोड़ेर भाजपामा सामेल हुने उद्देश्यले केही मानिसहरूले भाजपा नेतृत्वसित सम्पर्क गरेका थिए। यद्यपि उनीहरूलाई पनि हरियो रङ्ग दलेर फर्काइयो।

गङ्गासागर र क्यानिङ्गमा भएको यी घटनाक्रमलाई लिएर अब प्रश्न उठिरहेको छ कि आगामी 17 सेप्टेम्बरमा हुने सङ्गठनात्मक चयनपूर्व भाजपाले दल-बदलको मामिलामा केही चयनित नेताहरूलाई मात्र पार्टीमा सामेल गर्ने रणनीति अप्नाइरहेको छ वा यसको पछाड़ि भिन्नै राजनीतिक समीकरण लुकेको छ?

तथापि यी घटनाहरूलाई लिएर भाजपाको पक्षबाट अहिलेसम्म कुनै विस्तृत आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको छैन। तृणमूल कङ्ग्रेसको पक्षबाट पनि यस मामिलामा कुनै औपचारिक प्रतिक्रिया दिइएको छन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande