
आगरा , 14 सेप्टेम्बर (हि.स.)। दिल्लीमा ब्रिक्स देशहरूको 18 औं सम्मेलनमा भाग लिनका लागि दिल्ली आइपुगेकी रिपब्लिक अफ युगाण्डाकी उपराष्ट्रपति सोमवार दिल्लीदेखि सड़क मार्ग हुँदै आगरा पुग्नेछन्। यहाँ पुगेर उनले ताजको अवलोकन गर्नेछन्। आगराको ताजमहलमा लगभग डेढ़ घण्टा बिताएपछि उनी दिल्ली फर्किनेछन्।
सोमवार रिपब्लिक अफ युगाण्डाकी उपराष्ट्रपति जेसिका अलपो सड़क मार्ग भएर नयाँ दिल्लीबाट प्रस्थान गरी आगराको यमुना एक्सप्रेस हुँदै लगभग मध्यान्ह 12:00 बजे ताजमहल पुग्नेछन्। लगभग डेढ़ घण्टासम्म ताजमहलको सुन्दरताको अवकोलन गरेपछि उपराष्ट्रपति ताजमहलको नजिकै अवस्थित एक पाँच तारा होटलमा अल्प विश्राम गर्न जानेछन्। त्यसपछि अपरान्हको भोजन गरेर उनी लगभग 3:30 बजे सड़क मार्गबाटै दिल्ली फर्किनेछन्।
युगाण्डाकी उपराष्ट्रपतिको ताजमहल भ्रमण कार्यक्रमलाई लिएर जिल्ला प्रशासनले सुरक्षाको पर्याप्त व्यवस्था गरेको छ। भारतीय पुरातत्व सर्वेक्षण विभागद्वारा पनि उनको आगमन अवधि सुरक्षा मानदण्डहरूलाई पालन गर्ने अनि आम पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विशेष प्रबन्ध गरिएको छ।
डीसीपी सिटी सैयद अली अब्बासद्वारा बताइए अनुसार युगाण्डाकी उपराष्ट्रपति लगभग 3:30 घण्टा आगरामा बस्नेछन् अनि यस अवधि उनले ताजमहलको भ्रमण गर्नेछन्, आगरा भ्रमणको कार्यक्रममा मानदण्ड अनुसार उनको सुरक्षाको पर्याप्त व्यवस्था गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा