अनियन्त्रित बसले पसल भत्काइदियो, व्यक्ति घाइते
अनियन्त्रित बसले पसल भत्काइदियो, व्यक्ति घाइते


खड़गपुर, 14 सेप्टेम्बर (हि. स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर नगरमा सोमवार बिहान लगभग आठ बजे तीव्र गतिमा गुड़िरहेको एउटा बस अनियन्त्रित भएर पसलहरूलाई भत्काउँदै पर्खालमा पुगेर ठोक्कियो। यस घटना एकजना 55 वर्षीय व्यक्ति गम्भीर रूपमा घाइते भए जसलाई अत्यन्त गम्भीर अवस्थामा अस्पतालमा भर्ती गरिएको छ। घटनामा केही पसलहरू र अन्य सम्पत्तिहरूलाई पनि ठूलो नोक्सान पुगेको छ। घटना खड़गपुर नगरको छोटा टेङ्गरा, झपाटापुर मेन रोडमा भएको हो।

भनिन्छ, बस धुमसाईदेखि कोलकाता गइरहेको थियो। यसै अवधि द्रूत गति भएको कारम चालकले बसमाथि आफ्नो नियन्त्रण गुमायो। अनियन्त्रित बस सड़क किनारका पसलहरूलाई क्षतिग्रस्त बनाउँदै भित्तामा पुगेर ठोक्कियो। दुर्घटनापछि घटनास्थलमा स्थानीय मानिसहरूको घुइँचो लाग्यो। स्थानीय मानिसहरूले बसलाई समाते। सूचना पाएर खड़गपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गर्ने प्रयास गऱ्यो।

प्रत्यक्षदर्शी स्थानीय निवासी सोन कुमारले बताए, लगभग 55 वर्षीय व्यक्ति आफ्नो कुनै कामले सड़कबाट गुज्रिरहेका थिए। यसै क्रममा द्रूत गतिको अनियन्त्रित बस सड़क किनारमा अवस्थित पसलहरूलाई भत्काउँदै गयो अनि व्यक्तिलाई आफ्नो चपेटमा लियो। यस घटनामा व्यक्ति गम्भीर रूपमा घाइते भयो। दुर्घटनाका कारण वरपरका केही पसलहरूलाई ठूलो नोक्सान पुगेको छ। पुलिसले घटनास्थलमा पुगेर बसलाई जफत गरी मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande