
कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। सोमवार पश्चिम बङ्गालको मौसम मिश्रित रहने अनुमान लगाइएको छ। केही क्षेत्रहरूमा बादल लागिरहनका साथै वर्षा हुन सम्भावना च. बिहानदेखिकै वातारणमा नमी अधिक रहनाले मानिसहरूलाई आद्रताको सामना गर्नुपर्नेछ।
दक्षिण बङ्गालको कोलकाता, हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व एवं पश्चिम मेदिनीपुर, झाड़ग्राम, बाँकुड़ा तथा वरपरका जिल्लाहरूमा दिनभरि बादलहरू आवत-जावत गरिरहनेछन्। कतिपय स्थानहरूमा हल्का वर्षा वा मेघ गर्जनसितै पानी पर्नसक्छ।
उत्तर बङ्गालको दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार र कुचबिहार समेत केही जिल्लाहरूमा पनि बादल लागिरहने तथा वर्षा हुने सम्भावना छ। केतिपय स्थानहरूमा वर्षाको तीव्रता बढ़्नसक्छ।
कोलकातामा सोमवार अधिकतम तापमान लगभग 34 डिग्री सेल्सियस अनि न्यूनतम तापमान लगभग 27 डिग्री सेल्सियस लगभगरहनसक्छ। राज्यभरिकै विभिन्न भागहरूको तापमानमा सामान्य अन्तर रहनसक्छ। बर्दवानमा बिहान लगभग 32 डिग्री सेल्सियस तापमान अनि 94 प्रतिशत आद्रता दर्ता गरियो।
मौसम विभाग अनुसार मनसुनी गतिविधिको कारणले राज्यका केही भागहरूमा वर्षाको सिलसिला कायम रहनसक्छ। मानिसहरूलाई बिजुली चम्किँदा खुल्ला स्थान वा रूख मुनि जानदेखि बच्ने सल्लाह दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा