
कोलकाता, 16 सेप्टेम्बर (हि.स.)। पश्चिम बङ्गाल सरकारले गए मङ्गलवार राती राज्यका 171 वटा सरकारी कलेजहरूको गवर्निङ्ग बडीका अध्यक्षहरूको नयाँ सूची जारी गरेको छ। सूचीमा भाजपाका केही प्रमुख नेताहरूलाई कलेजको गवर्निङ बडीका अध्यक्ष बनाइएको छ। यसबाट कलेज प्रशासनलाई राजनीतिक प्रभावदेखि मुक्त राख्ने सरकारको उद्देश्यलाई लिएर फेरि चर्चा शुरू भएको छ।
गवर्निंग बडीको पहिलो सूचीमा भाजपाका मन्त्री, सांसद एवं विधायकहरूलाई अध्यक्षको दायित्व दिइएको थियो भने अब जारी दोस्रो सूचीमा पार्टीका केही वरिष्ठ एवं प्रमुख नेताहरूलाई सामेल गरिएको छ।
उच्च शिक्षा विभागले मङ्गलवार पश्चिम बङ्गाल विश्वविद्यालय एवं कलेज कानून- 2017 का प्रावधानहरू अन्तर्गत यस सम्बन्धमा अधिसूचना जारी गऱ्यो। सूचीमा कोलकाता, हावड़ा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, बर्दवान, बाँकुड़ा, बीरभूम, मुर्शिदाबाद औ दार्जीलिङ समेत विभिन्न जिल्लाहरूका 171 वटा कलेजहरूको नाम सामेल छ।
नयाँ सूची अनुसार भाजपा नेता तमोघ्न घोषलाई सुरेन्द्रनाथ कलेजको गवर्निङ्ग बडीको अध्यक्ष बनाइएको छ भने सायन्तन बसुलाई भाङ्गड़ महाविद्यालय, बिमलशङ्कर नन्दलाई चारुचन्द्र कलेज औ शिशिर बाजोरियालाई आचार्य जगदीशचन्द्र बोस कलेजको जिम्मेवारी दिइएको छ।
यसरी नै मीना देवी पुरोहितलाई सावित्री गर्ल्स कलेज, अञ्जना बसुलाई बङ्गाल म्यूजिक कलेज औ भाजपा नेता लकेट च्याटर्जीलाई सम्मिलनी महाविद्यालयको गवर्निङ्ग बडीको अध्यक्ष बनाइएको छ।
यसपूर्व गत अगस्त महिनामा 247 वटा कलेजहरूको गवर्निङ्ग बडीका अध्यक्षहरूको सूची जारी गरिएको थियो जसमा भाजपाका केही मन्त्री, सांसद अनि विधायकहरूको नाम सामेल थियो।
गवर्निङ्ग बडीमा यसरी राजनीतिक नियुक्तिलाई लिएर पछिल्लो तृणमूल कङ्ग्रेस सरकारको कार्यकालको पनि चर्चा भइरहेको छ। त्यसबेला पनि सत्तारूढ़ दलका सांसद, विधायक, मन्त्री एवं पार्षदहरूलाई विभिन्न कलेजहरूको गवर्निङ्ग बजीका अध्यक्ष बनाइएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा