
गुवाहाटी, 16 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीलाई उनको जन्मदिनमा हार्दिक शुभकामनादिए। मुख्यमन्त्री सरमाले धामीको दीर्घायु, सुस्वास्थ्य एवं मङ्गलमय जीवनको कामना गरे।
मुख्यमन्त्रीले सोशल मिडिया पोस्टमा भने, उनी देवभूमि उत्तराखण्डको पवित्रतालाई कायम राख्नको साथै राज्यको सर्वाङ्गीण विकासको लागि धामीद्वारा गरिएका निरन्तर प्रयासहरूका लागि उनलाई हार्दिक बधाई दिन्छन्।
सरमाले भने, उनले माँ कामाख्या र महापुरूष श्रीमन्त शङ्करदेवका श्रीचरणमा उत्तराकण्डका मुख्यमन्त्रीको दीर्घायु, सुस्वास्थ्य औ कल्याणको लागि प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले धामीको जन्मदिनको अवसरमा उनको उज्ज्वल भविष्य र जनसेवाका कार्यहरूमा निरन्तर सफलता पाउन् भनी कामना पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा