
जोरहाट (असम), 16 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई ‘सत्र सारथी पुरस्कार’ ले सम्मानित गरियो। अखिल असम सत्र महासभा औ अखिल असम नामघर महासभाको पक्षबाट मुख्यमन्त्रीलाई यो सम्मान प्रदान गरिएको हो।
मुख्यमन्त्रीले जोरहाट सम्मेलन केन्द्रमा आयोजित विभिन्न कार्यक्रमहरूमा भाग लिएपछि सामाजिक जीवनका विभिन्न क्षेत्रहरूसित जोड़िएका मानिसहरूसित सम्वाद गरे। उनले मानिसहरूको समस्या, आशा र सुझाउहरूलाई पनि सुने।
मुख्यमन्त्रीले आज सोशल मिडिया पोस्टमा यस सम्वादलाई विशेष अवसर बताउँदै भने, यस्ता अवसरहरूले समाजका विभिन्न वर्गका मानिसहरूसित बातचित गरी उनीहरूको समस्या, आशा र सुझाउहरूलाई बुझ्ने मौका जुराउँछ।
उनले भने, समस्याहरूको समाधान गर्नु र मानिसहरूबाट प्राप्त सुझाउहरूलाई स्वीकार गरी उनीहरूको हितमा काम गरिरहनु सरकारको दायित्व हो। उनले जनताका लागि यसै भावना अनुरूप भविष्यमा काम गर्ने कुरा पनि गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा