नगाउँ लोकसभा चुनाउ: आज अन्तिम दिन भाजपा, कङ्ग्रेस, एआईयूडीएफ उम्मेद्वारहरूले नामाङ्कन पत्र दर्ता गर्नेछन्
नगाउँ लोकसभा चुनाउ: आज अन्तिम दिन भाजपा, कङ्ग्रेस, एआईयूडीएफ उम्मेद्वारहरूले नामाङ्कन पत्र दर्ता गर्नेछन्


नगाउँ (असम), 16 सेप्टेम्बर (हि.स.)। नगाउँ लोकसभा उपचुनाउको लागि नामाङ्कन पत्र दर्ता गर्ने आज अन्तिम दिन हो। बुधवार प्रमुख राजनीतिक दलहरूका उम्मेद्वारहरूले आ-आफ्नो नामाङ्कन दर्ता गर्नेछन्।

भारतीय जनता पार्टी (भाजपा) का उम्मेद्वार देवाशिष शर्माले आज आफ्नो नामाङ्कन पत्र दर्ता गर्नेछन् भने कङ्ग्रेस उम्मेद्वार शिवामणि बोरा र एआईयूडीएफ प्रमुख बदरुद्दीन अजमलले पनि अन्तिम दिनमा आफ्नो नामाङ्कन दर्ता गरिरहेका छन्।

पूर्व कङ्ग्रेस सांसद प्रद्युत बरदलैले राजीनामा दिएका कारण यो नगाउँ लोकसभा सीट रिक्त भएको थियो। यस सीटमा आगामी 6 अक्टोबरको दिन मतदान हुनेछ भने 9 अक्टोबरमा मतगणना। उपचुनाउलाई लिएऱ प्रमुख राजनीतिक दलहरूले आफ्नो तयारीलाई तीव्रता दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande