रिषड़ामा ‘सेवा’ गर्ने सङ्कल्प, प्रधानमन्त्री मोदीले सेवा पुऱ्याएको 25 वर्ष पूरा भएको अवसरमा रक्तदान शिविर आयोजित
रिषड़ामा ‘सेवा’ गर्ने सङ्कल्प, प्रधानमन्त्री मोदीले सेवा पुऱ्याएको 25 वर्ष पूरा भएको अवसरमा रक्तदान शिविर आयोजित


हुगली, 17 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा सेवा पुऱ्याएको 25 वर्ष पूरा भएको अवसरमा रिषड़ामा चार दिवसीय कार्यक्रम आयोजना भइरहेको छ। श्रीरामपुर मण्डल भाजपाद्वारा आयोजित यस कार्यक्रम अन्तर्गत बिहीवार रक्तदान शिविर सम्पन्न गरियो जहाँ भाजपा नेता र कार्यकर्ताहरूले व्यापक रूपमा भाग लिए।

प्राप्त जानकारी अनुसार शिविरमा यो समाचार लेखुञ्जेलसम्म लगभग 25 जना मानिसहरूले रक्तदान गरिसकेको सूचना प्राप्त भएको थियो।

कार्यक्रममा श्रीरामपुर साङ्गठनिक जिल्ला भाजपा अध्यक्ष सुमन घोष, उपाध्यक्ष मनोज सिंह, उपाध्यक्ष राजेश सिंह, भाजपा नेता राकेश सिंह, श्रीरामपुर मण्डल-4 का भाजपा अध्यक्ष सन्तोष सिंह, युवा मोर्चा अध्यक्ष सन्तोष मण्डल तथा सुभाष जी कल्याण ट्रस्टका संस्थापक सनी कुमार सिंह समेत व्यापक रूपमा भाजपा नेता अनि कार्यकर्ताहरू उपस्थित थिए।

आयोजकहरू अनुसार चार दिवसीय कार्यक्रम अन्तर्गत विभिन्न सामाजिक एवं जनसेवासित सम्बन्धित कार्यक्रमहरू आयोजना गरिनेछ। रक्तदान शिविरको माध्यमबाट आवश्यकतामा रहेका रोगीहरूको लागि रगत उपलब्ध गराएर समाज सेवाको सन्देश दिने प्रयास गरियो।

कार्यक्रममामा उपस्थित नेता अनि कार्यकर्ताहरूले सेवा कार्यमा सक्रिय रूपमा सहभागी हुने सङ्कल्प लिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande