
सोनादा, 17 सेप्टेम्बर (हि.स.)। दार्जिलिङ हिमालयन रेलवे ठेकादार कल्याण समिति अप्पर जोनको आयोजनामा सोनादा रेलवे स्टेशनमा आज श्री विश्वकर्मा पूजा आयोजना गरियो। पूजामा भक्तिभावका साथ समितिका सदस्यहरू र स्थानीय भक्तजन सहभागी बने।
सभापति भाइचुङ तामाङले पूजामा उपस्थित सम्पूर्ण भक्तजनमा हार्दिक आभार व्यक्त गर्दै पूजा सफल पार्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक र शारीरिक सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक