
खरसाङ, 17 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टीको टुंग सन्तमेरिज मण्डल अन्तर्गत अरिङगलेमा आज एक सभा सम्पन्न भयो। उक्त सभामा गोराबारी सन्त मेरिज मण्डलकी शुभा लक्ष्मी थापा, खरसाङ ब्लक सह-संयोजक शरण देवान, सुकिया ब्लक सह-संयोजक भुवन बोम्जन, युवा सचिव आशीष साङ्बो, महासचिव रीमा थापा, शक्ति केन्द्र प्रमुख सुमन छेत्री, नारी मोर्चा अध्यक्ष बिनु राई, शक्ति केन्द्र आशीष तामाङ, उपाध्यक्ष दिपेन्द्र गुरुङ, युवा अध्यक्ष देवेन्द्र सुब्बा साथै मण्डल समिति सदस्यहरू तथा विभिन्न बुथ कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो।
सभामा मुख्य रूपमा संगठन सम्बन्धित विषयमा विस्तृत छलफल गरिएको जानकारी प्राप्त भएको छ। सभामा वक्ताहरुले पार्टीको संगठनलाई कसरी बुझ्ने, पार्टीका विचार तथा उद्देश्यलाई जनतासम्म कसरी पुर्याउने र संगठनलाई अझ सुदृढ तथा विस्तार गर्दै कसरी अघि बढाउने भन्ने विषयमा महत्वपूर्ण चर्चा परिचर्चा गरिएको छ।
यसका साथै पण्डित दीनदयाल उपाध्यायको विचार, योगदान तथा उनले प्रतिपादन गरेको एकात्म मानववाद सम्बन्धी विषयमा पनि चर्चा गरियो। उनका विचार र सिद्धान्तको आधारमा संगठन निर्माण तथा पार्टीलाई जनताको बीचमा अझ प्रभावकारी रूपमा पुर्याउने विषयमा सहभागीहरूबीच विचार आदान प्रदान गरिएको जानकारी प्राप्त भएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक