
हुगली, 17 सेप्टेम्बर (हि. स.)। हुगलीमा उत्तर बङ्गाल तर्फ गइहेको अप कञ्चनजङ्घा एक्सप्रेस (13173)- मा बिहिवार बिहान अचानक धुँवा निक्लेको देखेर यात्रीहरूमा खैलाबैला मचियो। ट्रेनको एउटा कोटको मुनिबाट धुँवा निक्लिरहेको देखेर चालकले सतर्कतास्व रूप ट्रेनलाई ट्रेनलाई बेलमुड़ी स्टेशनमा रोक्यो। घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन।
जानकारी मुताविक सियालदहदेखि उत्तर बङ्गाल तर्फ आइरहेको 13173 अप कञ्चनजङ्घा एक्सप्रेस हावड़ा-बर्धमान कर्ड लाइन भएर गुज्रिरहेको थियो। बेलमुड़ी स्टेशनको छेउमा पुग्दा एउटा कोचबाट धुँवा निक्लिरहेको देखियो। त्यसपछि यात्रीहरूमा सन्त्राष फैलियो। केही यात्रीहरू ट्रेनबाट उत्रेर प्लेटफर्ममा बसे।
प्रारम्भिक रूपमा आशङ्का व्यक्त गरिँदैछ कि चक्काको ब्रेक शूमा धर्षण भएको कारणले धुँवा निक्लिएको हो। घटनाको सूचना रेलवे अधिकारीहरूलाई दिइयो। अधिकारीहरूले घटनास्थलमा पुगेर स्थितिको जाँच गरी समस्या समाधान गरे। लगभग 20 मिनटपछि बिहान 8:22 बजी ट्रेनलाई गन्तव्य तर्फ प्रस्थान गराइयो।
स्मरण गराइन्छ, 17 जून, 2024-मा सियालदह गइरहेको कञ्चनजङ्घा एक्सप्रेसलाई दार्जीलिङ जिल्लाको रङ्गापानी छेउमा पुगेपछि एउटा मालगाड़ीले पछाड़िबाट ठक्कर दिएको थियो। यस दुर्घटनामा धेरै जना मानिसहरूको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए। जाँचमा सिग्नलिङ्ग व्यवस्थाति सम्बन्धित कमजोरी उजागार भएको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा