जुब्बलमा दुई किशोर विरुद्ध एफआइआर दर्ता
एनडीपीएस एक्ट


शिमला, १७ सेप्टेम्बर (हि.स.)। शिमला जिल्लाको जुब्बल थाना क्षेत्र अन्तर्गत पुलिसले एउटा सवारीसाधनबाट ४.१० ग्राम हेरोइन जफत गरेको छ। पुलिसले घटनामा गाड़ीमा सवार दुई युवक विरुद्ध लागुऔषध तथा एनडीपीएस एक्ट अन्तर्गत धारा २१, २५ र २९ अनुसार मुद्दा दर्ता गरेको छ।

पुलिस अनुसार, रोहडू उपमण्डलको पत्ता लगाउने शाखाका अनुसन्धान अधिकारी हेड कन्स्टेबल विशाल नैण्टाले दिएको लिखित प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको हो। १६ सेप्टेम्बरमा दिउँसो लगभग २ः०५ बजी गस्तीका क्रममा उनी सैन्धोर पुल नजिक राष्ट्रिय राजमार्गमा खटिएका थिए। सोही क्रममा रोहडू निवासी ४२ वर्षीय कैलाश सिंह र चिडगाउँ निवासी २१ वर्षीय अभिषेक हेरोइन खरिद–बिक्रीमा संलग्न रहेको गोप्य सूचना प्राप्त भएको थियो।

पुलिसलाई प्राप्त सूचना अनुसार, दुवै जना १६ सेप्टेम्बरमा एचपी–१०बी–६१०४ नम्बरको सवारीसाधनमा हेरोइनको खेप ल्याउन झरागतर्फ गएका थिए। झराग जाने बाटोमा पर्ने पटसारी वा वरपरका कुनै स्थानमा सवारीसाधन रोकेर खानतलासी गर्गदा हेरोइन जफत हुनसक्ने सूचना दिइएको थियो।

पुलिसले उक्त सवारीसाधनको खानतलासी गर्दा ४.१० ग्राम हेरोइन जफत गरेको जनाएको छ। त्यसपछि जुब्बल थानामा दुवै आरोपी विरुद्ध लागुऔषध तथा एनडीपीएस अन्तर्गत मुद्दा दर्ता गरियो। पुलिसका एक अधिकारीले बिहिवार घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande