अवैध गाँजा खेतीको पर्दाफास, 811 वटा बोटबिरुवा जफत
अवैध भांग की खेती नष्ट करती पुलिस


शिमला, १७ सेप्टेम्बर (हि.स.)। शिमला जिल्लाको चौपाल उपमण्डल अन्तर्गत कुपवीमा खेतको बीचमा लुकाएर गरिँदै आएको अवैध गाँजा खेती पुलिसले फेला पारेको छ। पुलिसले एउटा खेतबाट एक–दुईवटा मात्र नभई ८११ वटा गाँजाका बिरुवा जफत गरेको छ। तीमध्ये २० वटा बिरुवालाई नमुनाका रूपमा नियन्त्रणमा लिइएको छ भने ७९१ वटा बिरुवा घटनास्थलमै नष्ट गरिएको छ। यस घटनामा कुपवी तहसील निवासी मंगत राम विरुद्ध लागुऔषध तथा एनडीपीएस एक्टको धारा २० अन्तर्गत कुपवी पुलिस थानामा मुद्दा दर्ता गरिएको छ।

कुपवी पुलिस थानाको टोली १५ सेप्टेम्बरमा मालत, कोठी र जुब्बली लगायत वरपरका क्षेत्रमा गस्तीमा रहेको थियो। सोही क्रममा मंगत रामले आफ्नो खेतमा अवैध रूपमा गाँजाका बिरुवा रोपेको सूचना पुलिसलाई प्राप्त भएको थियो। सूचनाका आधारमा पुलिस टोली सम्बन्धित गाउँमा पुगेर खेतको निरीक्षण गर्दा गाँजाका बिरुवा फेला परेका थिए।

घटनास्थलमा पटवारीलाई बोलाएर जग्गाको पहिचान गरिएपछि कुपवीका नायब तहसीलदारको उपस्थितिमा गाँजाका बिरुवा उखेलियो।

पुलिस अनुसार, घटनास्थलबाट कूल ८११ वटा गाँजाका बिरुवा जफत भएका थिए। तीमध्ये २० वटा नमुनाका रूपमा नियन्त्रणमा लिइएको र बाँकी ७९१ वटा बिरुवा त्यहीँ नष्ट गरिएको पुलिसले जनाएको छ।

घटनासम्बन्धी मुद्दा कुपवी पुलिस थानामा दर्ता गरिएको छ।

एक पुलिस अधिकारीले घटनाको अनुसन्धान भइरहेको र नियमानुसार थप कानूनी कारबाही अघि बढ़ाइएको जानकारी दिएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande