जुबिन दिवसमा गरिमा सैकियाले जुबिन क्षेत्रमा अर्पण गरिन् श्रद्धाञ्जली
जुबिन दिवसमा गरिमा सैकियाले जुबिन क्षेत्रमा अर्पण गरिन् श्रद्धाञ्जली


-प्रार्थना गरी दिवङ्गत गायकलाई दिइन् भावपूर्ण श्रद्धाञ्जली, प्लास्टिकका बोतलहरूबाट बनाइएको जुबिनको कलाकृति आकर्षणको केन्द्र

गुवाहाटी, 17 सेप्टेम्बर (हि.स.)। दिवङ्गत असमिया गायक जुबिन गर्गकी पत्नी गरिमा सैकिया गर्ग बिहिवार सोनापुर स्थित जुबिन क्षेत्रमा आयोजित तीन दिवसीय जुबिन दिवस कार्यक्रममा आइपुगिन्। कार्यक्रमको पहिलो दिन उनले आफ्ना प्रिय जुबिनलाई स्मरण गर्दै प्रार्थना गरिन् साथै भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरिन्।

यस अवसरमा गरिमा सैकिया गर्गले भनिन्, आज पनि उनले जुबिनसित बातचित गर्छन्। उनले भनिन्,“म सदैव जुबिनसित बातचित गरिरहन्छु। मलाई कुनै पनि विषयमा सल्लाह लिन परे, म उसितै सल्लाह लिन्छु।”

जुबिन क्षेत्रमा आयोजित तीन दिवसीय जुबिन दिवस कार्यक्रममा दिवङ्गत कलाकारको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिँदैछ। कार्यक्रममा जुबिनका प्रशंसकहरू तथा कला प्रेमीहरूको सहभागिता पनि देखिँदैछ।

कार्यक्रम स्थलमा जुबिन गर्गको एउटा विशेष चित्र पनि आकर्षणको केन्द्र भएको छ। फालिएका प्लास्टिकका बोतलहरूलाई प्रयोग गरी बनाइएको यस चित्रको माध्यमबाट कलाकारहरूले जुबिनलाई अनौठो ढङ्गमा जीवन्त रूप दिने प्रयास गरिएको छ।

यो विशेष कलाकृति तिनसुकिया जिल्लाको जागुन निवासी कलाकार विकास शर्मा र राजदीप दासले बनाएका हुन्। प्लास्टिकको बेकार बोतलहरूबाट बनाइएको यस कलाकृतिलाई हेर्नका लागि कार्यक्रम स्थलमा आएका मानिसहरूले विशेष रुचिका साथमा हेरिरहेका छन्।

तीन दिवसीय जुबिन दिवसमा जुबिन गर्गको सङ्गीत, व्यक्तित्व औ उनका स्मृतिहरूलाई अलग-अलग गतिविधिहरूको माध्य्मबाट स्मरण गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande