हर्ष मल्होत्राले प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा गरे रक्तदान
हर्ष मल्होत्राले प्रधानमन्त्री मोदीको जन्मदिनको अवसरमा गरे रक्तदान


नयाँ दिल्ली, 17 सेप्टेम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का दिल्ली प्रदेश अध्यक्ष हर्ष मल्होत्राले प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सेवा सङ्कल्प अभियान अन्तर्गत बिहीवार त्यागराज स्टेडियममा दिल्ली सरकारद्वारा आयोजित शिविरमा भाग लिए।

हर्ष मल्होत्राले आज सोशल मिडिया प्लेटफर्म एक्समा पोस्ट गरी लेखे, प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा सेवा सङ्कल्प अभियान अन्तर्गत दिल्लीको त्यागराज स्टेडियममा दिल्ली सरकारद्वारा आयोजित रक्तदान शिविरमा मुख्यमन्त्री रेखा गुप्ता र दिल्ली सरकारका मन्त्रीहरूको साथमा यस सेवा अभियानमा सहभागी भएर समाजप्रति आफ्नो दायित्व र सेवा भावनालाई अझ मजबुत बनाएँ।

दिल्ली भाजपा अध्यक्षले भने, रक्तदान महानदान हो र कुनै पनि आवश्यकतामा रहेको मानिसको जीवन बचाउनुभन्दा ठूलो सेवा कार्य अन्य छैन। उनले भने, प्रधानमन्त्रीको जन्मदिवसलाई सेवा दिवसको रूपमा मनाउने जनसेवाको यो सङ्कल्पले हामी सबैलाई निरन्तर प्रेरित गर्दै आएको छ।

हर्ष मल्होत्राले भने, यस सेवा भावनासित जोड़िएर दिल्लीका जनताले पूर्ण स्नेह, उत्साह अनि समर्पणलाई दर्शाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande