
आसनसोल, 17 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिवसको अवसरमा बिहिवार पश्चिम बङ्गाल सरकारका लोक निर्माण एवं जनस्वास्थ्य अभियान्त्रिकी मन्त्री तथा कुल्टीका विधायक डा. अजय कुमार पोद्दारले रानीबङ्गला स्वास्थ्य केन्द्र अनि ईसीएलको सङ्कतोड़िया अस्पतालमा भर्ती रोगीहरूलाई फल वितरण गरे।
यस अवधि डा. पोद्दारले अस्पतालमा भर्ती रोगीहरूसित भेट गरी उनीहरूको स्वास्थ्य बारे जानकारी लिए अनि उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको उत्तम स्वास्थ्य एवं दीर्घायुको पनि कामना गरे।
डा. पोद्दारले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको सेवा, सुशासन र गरीब कल्याणप्रति समर्पित जीवन प्रेरणास्रोत हो। उनको नेतृत्वमा देश विकास एवं आत्मनिर्भरताको दिशामा निरन्तर अग्रसर भइरहेको छ।
कार्यक्रम अवधि मण्डल अध्यक्ष सञ्जु घोष, मनमोहन राय, सौरभ चौरसिया, राजू यादव, सिद्धार्थ चौहान, शिल्पी राय, आनन्द कुम्भकार, आशिष पातर, भुवन मण्डल, बुलेट गोराई, बैद्यनाथ बाउरी, दिवेन्दु औ चिन्मय घोष सहित स्थानीय भाजपा कार्यकर्ता, चिकित्सक, स्वास्थ्यकर्मी एवं गण्यमान्य नागरिकहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा