प्रधानमन्त्री मोदीको जन्मदिनमा मुख्यमन्त्री रेखा गुप्ताले हवन र रक्तदान गरिन्
प्रधानमन्त्री मोदीको जन्मदिनमा मुख्यमन्त्री रेखा गुप्ताले हवन र रक्तदान गरिन्


नयाँ दिल्ली, 17 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनमा खाटू श्याम विशाल मन्दिर दिल्ली धाममा आयोजित 108 कुण्डीय यज्ञमा विधिवत हवन गरी उनको दीर्घ, यशस्वी औ राष्ट्रसेवाप्रति समर्पित जीवनको लागि मङ्गलकामना गरिन्। त्यसपछि मुख्यमन्त्रीले त्यागराज स्टेडियममा आयोजित मेगा रक्तदान शिविरमा केन्द्रिय राज्य मन्त्री एवं प्रदेश अध्यक्ष हर्ष मल्होत्रा सहित दिल्ली सरकारका मन्त्रीहरूसित मिलेर रक्तदान गरिन्।

मुख्यमन्त्रीले सोशल मिडिया अकाउन्ट एक्सको पोस्टमा भनिन्, आज प्रधानमन्त्री मोदीको जन्मदिनमा खाटू श्याम विशाल मन्दिर दिल्ली धाममा आयोजित 108 कुण्डीय यज्ञमा 17,000 ट्रस्टी सहभागी भए अनि दिव्याङ्ग बाल-बालिकाहरूले सुन्दरकाण्ड पाठ गरी प्रधानमन्त्रीको दीर्घायु एवं यजश्वी जीवनको मङ्गलकामना गरे। उनले भनिन्, बाबा श्यामले हाम्रा प्रधानसेवकलाई निरन्तर ऊर्जा, सामर्थ्य औ सफलता प्रदान गरुन् तथा राष्ट्रहितको उनको प्रत्येक सङ्कल्पलाई सिद्धि मिलोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande