
-मामिलामा उपनिरीक्षकको नाम पनि मुछिएको छ, आरोपी एसआई भागे, खोजीमा जुट्यो पुलिस
श्रीभूमि (असम), 17 सेप्टेम्बर (हि.स.)। असमको श्रीभूमि जिल्लामा पुलिस कर्मीहरूले एकजना व्यक्तिलाई कथित अपरण गरी उबाट 14 लाख रुपियाँ लुटेको गम्भीर आरोप उठेको छ। यस मामिलामा पुलिसले कारबाही गर्दै दुई जना कन्स्टेबलहरूलाई पक्राउ गरेको छ जसको पहिचान कन्स्टेबल अनोवार हुसैन र सजल शुक्लबैद्यको रूपमा भएको छ।
पुलिस अनुसार मामिलाको जाँच अन्तर्गत अभियान चलाएर दुवै कन्स्टेबलहरूलाई पक्राउ गरियो। जाँचमा उपनिरीक्षक लाङ्गथैबा सिन्हाको नाम पनि सामु आएको छ। पुलिसको भनाइ छ, उपनिरीक्षक हाल भागेका छन् जसलाई समात्नको लागि खोजी अभियान भइरहेको छ।
आरोप छ, पुलिस अधिकारी र कन्स्टेबलहरूले कथित रूपमा मिलेर एकजना व्यक्तिलाई अपहरण गरे अनि उबाट 14 लाक रुपियाँ लिए। घटना उजागार भएपछि पुलिसले मामिलाको जाँच गर्न शुरू गऱ्यो अनि आरोपी कन्स्टेबलहरूलाई पक्राउ गऱ्यो।
पुलिस अधिकारीहरू अनुसार जाँचमा पक्रा पर्ने दुवै कन्स्टेबलहरूको भूमिकासँगसँगै भगौड़ा उपनिरीक्षकको कथित संलिप्तताको पनि जाँच गरिँदैछ। मामिलामा अन्य तथ्य तथा सम्भावित संलिप्त मानिसहरूको जानकारी जुटाइँदैछ। मामिलाको विस्तृत जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा