बेङलुरुका सञ्चार प्रतिनिधिमण्डलद्वारा पाकिममा अर्किड अनुसन्धान केन्द्र र खेती क्षेत्रको भ्रमण
बेङलुरुका सञ्चार प्रतिनिधिमण्डलद्वारा पाकिममा अर्किड अनुसन्धान केन्द्र र खेती क्षेत्रको भ्रमण


पाकिम, १७ सेप्टेम्बर (हि.स.)। बेङलुरुबाट आएका १३ सदस्यीय सञ्चार प्रतिनिधिमण्डलले आज प्रेस सूचना ब्युरो (पीआईबी), गान्तोकका अधिकारीहरूसँगै पाकिमस्थित भारतीय कृषि अनुसन्धान परिषद्- रा​ष्ट्रिय अर्किड अनुसन्धान केन्द्रको भ्रमण गरेको छ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले सिक्किममा पाइने विविध अर्किड प्रजातिबारे जानकारी लिनुका साथै राज्यमा भइरहेको अनुसन्धान, संरक्षण तथा खेतीसम्बन्धी पहलका बारेमा जानकारी हासिल गरेको थियो।

यस अवसरमा केन्द्रका प्रभारी एलसी डेले संस्थाको उद्देश्य तथा गतिविधिबारे प्रस्तुति दिए। उनले अनुसन्धान कार्यक्रम, अर्किड संरक्षणका प्रयास, प्रवर्धन प्रविधि तथा दिगो खेतीलाई प्रोत्साहन गर्ने पहलहरूबारे जानकारी गराए।

प्रस्तुतिपछि प्रतिनिधिमण्डललाई केन्द्रमा संरक्षित विभिन्न अर्किड सङ्ग्रह तथा यसको संरक्षण, प्रवर्धन र दिगो उपयोगका लागि अपनाइएका वैज्ञानिक तथा प्राविधिक विधिबारे जानकारी दिइयो।

सञ्चार प्रतिनिधिमण्डलले अर्किड खेती भइरहेका क्षेत्रहरूको समेत भ्रमण गरेको थियो। भ्रमणका क्रममा सदस्यहरूले खेतीका अभ्यासहरूको अवलोकन गर्नुका साथै वैज्ञानिक तथा कर्मचारीहरूसँग अन्तरक्रिया गरे। यसबाट प्रतिनिधिमण्डलले अर्किड अनुसन्धान, संरक्षण तथा दिगो खेतीलाई अघि बढाउन केन्द्रले गरिरहेका प्रयासबारे थप जानकारी प्राप्त गरेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande