मुख्य सचिवको अध्यक्षतामा गान्धी जयन्ती राज्यस्तरीय समारोहको तयारी बैठक सम्पन्न
मुख्य सचिवको अध्यक्षतामा गान्धी जयन्ती राज्यस्तरीय समारोहको तयारी बैठक सम्पन्न


गान्तोक, १७ सेप्टेम्बर (हि.स.)। राज्यस्तरीय गान्धी जयन्ती समारोह २०२६ को तयारीसम्बन्धी बैठक आज टाशीलिङ सचिवालयको सम्मेलन कक्षमा सिक्किम सरकारका मुख्यसचिव आर. तेलाङको अध्यक्षतामा सम्पन्न भयो। बैठक आगामी २ अक्टोबरमा आयोजना हुने राज्यस्तरीय गान्धी जयन्ती समारोहका लागि आवश्यक तयारीको समीक्षा तथा अन्तिम रूप दिन आयोजना गरिएको थियो।

बैठकमा प्रस्तावित कार्यक्रमको समयतालिका, स्थल तथा प्रबन्धन, शिष्टाचार, सुरक्षा, नागरिक सुविधा र सम्बन्धित विभागबीच जिम्मेवारी बाँडफाँटलगायतका विषयमा विस्तृत छलफल भयो।

मुख्यसचिव तेलाङले समारोहलाई व्यवस्थित, मर्यादित र सफल रूपमा सम्पन्न गर्न विभिन्न विभागबीच घनिष्ठ समन्वय तथा तोकिएका जिम्मेवारी समयमै पूरा गर्नुपर्नेमा जोड दिए। उनले सबै सम्बन्धित अधिकारीलाई आपसी सहकार्यका साथ कार्य गर्न निर्देशन दिए।

बैठकमा विभिन्न विभागका प्रमुख, वरिष्ठ पुलिस अधिकारी, गान्तोकका अतिरिक्त जिल्लापाल तथा सम्बन्धित विभाग एवं निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande