दीनदयाल उपाध्यायको जयन्तीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए श्रद्धा
दीनदयाल उपाध्यायको जयन्तीमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले दिए श्रद्धा


कोलकाता, 25 सेप्टेम्बर (हि.स.)। मुख्यमन्त्री शुभेन्दु अधिकारीले शुक्रवार बिहान साढ़े आठ बजे सामाजिक सञ्चालमा पोस्ट गरी पण्डित दीनदयाल उपाध्यायको जयन्तीमा उनलाई श्रद्धाञ्जली दिए। उनले पण्डित दीनदयाल उपाध्यायलाई एकात्म मानवतावादका प्रणेत, राजनीतिक कर्मयोगी, राष्ट्रभक्त औ पथप्रदर्शक बताउँदै सादर नमन गरे।

पण्डित दीनदयाल उपाध्यायको जन्म 25 सेप्टेम्बर, 1916-मा उत्तर प्रदेशको मथुरा जिल्ला अनन्तर्गत नगला चन्द्रभान गाउँमा भएको थियो। उनी राष्ट्रिय स्वयंसेवक सङ्घ प्रचारकसँगसँगै भारतीय जनसङ्घका प्रमुख सङ्गठनकर्ता तथा विचारकहरूमा पनि सामेल थिए। उनले ‘राष्ट्र धर्म’ पत्रिकाको प्रकाशनमा पनि महत्वपूर्ण भूमिका निभाए।

दीनदयाल उपाध्यायले एकात्म मानववादको विचारधारालाई प्रमुखताको साथमा सबै समक्ष राखे। दिसम्बर, 1967-मा उनी भारतीय जनसङ्घका अध्यक्ष भए। 11फरवरी,1968-मा मुगलसराय निकटउनको संदिग्ध परिस्थितिमा मृत्यु भयो।

उनले सङ्गठन निर्माण, वैचारिक लेखन औ सार्वजनिक जीवनमा सक्रिय भूमिकाको माध्यमबाट भारतीय जनसङ्घलाई मजबुत बनाउनमा योगदान दिए। उनका विचारहरूमा राष्ट्र,समाज र व्यक्तिबीचको सन्तुलनमाथि विशेष बल दिइएको पाइन्छ। उनको जयन्तीमा विभिन्न स्थानहरूमा श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गरिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande