
गोलाघाट (असम), 25 सेप्टेम्बर (हि.स.)। असमको बोकाखातस्थित बरजुरी क्षेत्रमा शुक्रवार सवेरै भीषण आगो लागेर ठूलो नोक्सान भएको छ। आगलागीको चपेटमा परी एउटा ग्यारेजमा राखिएको 15 वटा बाइक पूर्ण रूपले जलेर खरानीमा परिणत भएको छ। आगोले वरपर अवसस्थित पाँच वटा व्यावसायिक प्रतिष्ठानहरूलाई पनि पूर्ण रूपमा नष्ट बनाएको छ। प्रारम्भिक जानकारी अनुसार आगलागीमा 70 लाख रुपियाँभन्दा अधिकको सम्पत्ति नष्ट भएकोअनुमान लगाइएको छ।
आगलागीको कारण तत्काल पत्तो लाग्न सकेको छैन। घटनाको सम्बन्धमा विस्तृत जानकारीको प्रतीक्षा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा