असममा कथित जिहादी सम्बन्धको आरोपमा एनआईएद्वारा एक व्यक्ति पक्राउ
एनआईए लोगो


बरपेटा (असम), २९ सेप्टेम्बर (हि.स.)। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले मंगलवार बरपेटा जिल्ला अन्तर्गत बरपेटा रोडको आजाद नगर निवासी मुस्तफिजुर रहमानलाई हिरासतमा लिई कथित जिहादी गतिविधिसँग सम्बन्धित जारी अनुसन्धानका क्रममा उसको घरमा तलासी लिएको छ।

सूत्रहरू अनुसार, एनआईएको टोलीले रहमानको घरमा पुगेर तलासी अभियान चलायो। यस क्रममा उसको मोबाइल फोन पनि जफत गरिएको छ। असम पुलिसको विशेष कार्यदल (एसटीएफ) ले पक्राउ गरी गुवाहाटी केन्द्रिय कारागारमा राखेको रहमान लगभग दुई महिनाअघि रिहा भएको थियो। त्यसको लगभग दुई महिनापछि एनआईएले यो कारबाही गरेको हो।

रहमानलाई एसटीएफले १४ मार्चमा बारपेटा रोडको आजाद नगरबाट कथित जिहादी गतिविधिसँग सम्बन्ध रहेको आरोपमा पक्राउ गरेको थियो। त्यतिबेला अनुसन्धानका क्रममा एसटीएफले तलासी लिँदा विद्युतीय उपकरण तथा अन्य सामग्री जफत गरेको बताइएको थियो।

पक्राउपछि रहमान लामो समयसम्म गुवाहाटी केन्द्रिय कारागारमा रहेको थियो। लगभग दुई महिनाअघि उसलाई जमानतमा रिहा गरिएको थियो।

एनआईएको ताजा कारबाहीसँगै रहमान पुनः कथित गतिविधि सम्बन्धी अनुसन्धानको दायरामा आएको छ। पछिल्लो कारबाहीमा एजेन्सीले कुन विशेष आरोपको अनुसन्धान गरिरहेको छ भन्नेबारे हालसम्म जानकारी प्राप्त हुन सकेको छैन।

उसको परिवार अनुसार, रहमान बरपेटा रोड जामा मस्जिद अगाड़ी कपड़ाको पसल सञ्चालन गर्छ। उसलाई हिरासतमा लिने र घरमा तलासी गर्ने घटनापछि आजाद नगर क्षेत्रका स्थानीयमा चर्चा र चासो बढ़ेको छ। अनुसन्धान जारी रहेको छ। एनआईएको कारबाही तथा रहमानमाथि लगाइएको आरोपबारे थप जानकारी आउन बाँकी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande