
गुवाहाटी, २९ सेप्टेम्बर (हि.स.)। राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले प्रतिबन्धित आतङ्कवादी संगठन जमात–उल–मुजाहिदीन बांग्लादेश (जेएमबी) को कथित सहयोगी संगठन इमाम महमुदेर काफिला (आईएमके) सम्बन्धी मामिलामा असमका छह जनालाई पुनः पक्राउ गरेको छ। यी सबै आरोपी यसअघि जमानतमा रिहा भएका थिए।
अनुसन्धान अनुसार, बांग्लादेश स्थित आईएमकेमाथि पूर्वोत्तर राज्यहरू र पश्चिम बंगालका युवालाई कथित रूपमा कट्टरपन्थी विचारधारासँग जोड्ने तथा भर्ती गर्ने आरोप छ। अनुसन्धान एजेन्सीले उक्त सञ्जालले ‘गजवा–ए–हिन्द’ जस्ता चरमपन्थी विचारधाराको प्रचार गरेको विषयमा पनि अनुसन्धान गरेको छ।
अनुसन्धानकर्ताहरू अनुसार, उक्त सञ्जालले युवाहरूलाई कट्टरपन्थी बनाउनुका साथै उनीहरूलाई कथित आतङ्कवादी गतिविधिसँग जोड्न ‘पूर्व आकाश’ नामक डिजिटल मञ्चको प्रयोग गरेको थियो।
एनआईएले यसअघि उक्त सञ्जालसँग कथित रूपमा जोड़िएका ११ जना विरुद्ध गुवाहाटी स्थित विशेष एनआईए अदालतमा भारतीय न्याय संहिता (बीएनएस) र गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम (यूएपीए) का विभिन्न धारा अन्तर्गत आरोपपत्र दायर गरेको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी