एफसीआरए पञ्जीकरणको लागि घुस मागेको आरोपमा गृहमन्त्रालयका दुई अधिकारी पक्राउ
एफसीआरए पञ्जीकरणको लागि घुस मागेको आरोपमा गृहमन्त्रालयका दुई अधिकारी पक्राउ


नयाँ दिल्ली, २९ सेप्टेम्बर (हि.स.)। गृह मन्त्रालयको विदेशी प्रभागमा कार्यरत एक वरिष्ठ लेखाकार र यसअघि त्यहाँ काम गरिसकेका अर्का लेखाकारलाई पेन्डिङ एफसीआरए दर्ता गराइदिने नाममा कथित रूपमा घुस मागेको आरोपमा पक्राउ गरिएको छ।

अधिकारीहरू अनुसार, गृह मन्त्रालयबाट प्राप्त विशेष सूचनाका आधारमा दिल्ली पुलिसको विशेष प्रकोष्ठले केन्द्रिय निकायसँगको सहकार्यमा २८ सेप्टेम्बरमा नयाँ दिल्लीमा दुवै सरकारी अधिकारीलाई पक्राउ गरेको हो। दुवैले एक संस्थासँग सम्पर्क गरी उसको पेन्डिङ विदेशी योगदान (विनियमन) अधिनियम (एफसीआरए) दर्ता गराइदिने बदलामा अवैध रूपमा घुस मागेको आरोप छ।

अधिकारीहरू अनुसार, पक्राउ परेकामध्ये एक हाल गृह मन्त्रालयको विदेशी प्रभागमा वरिष्ठ लेखाकारका रूपमा कार्यरत छन् भने अर्का हाल वेतन तथा लेखा कार्यालयमा लेखाकारका रूपमा कार्यरत छन्। उनी यसअघि विदेशी प्रभागमा काम गरिसकेका थिए। प्रारम्भिक सोधपुछमा दुवै अधिकारीले कथित रूपमा अवैध रकम लिएर केही संस्थाको एफसीआरए दर्ता तथा नवीकरणमा सहयोग गर्न उनीहरूसँग सम्पर्कमा रहेको खुलेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

गृह मन्त्रालयले एफसीआरएसँग सम्बन्धित सबै सेवा एफसीआरए पोर्टल मार्फत अनलाइन उपलब्ध रहेको र कुनै पनि एफसीआरए सेवामा सहयोगका लागि कुनै मिडलम्यान, एजेन्ट वा व्यक्तिलाई अधिकार नदिइएको पनि स्पष्ट गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande