भारत-म्यान्मार सीमामा असम राइफल्सको गस्ती टोलीमाथि आक्रमण, एक जवान बलिदान
INDIA-MYANMAR BORDER. भारत म्यांमार सीमा


चाङलाङ (अरुणाचल), २९ सेप्टेम्बर (हि.स.)। अरुणाचल प्रदेशको चाङलाङ जिल्लामा भारत–म्यान्मार सीमामा मंगलवार बिहान असम राइफल्सको गस्ती टोलीमाथि हमला हुँदा एक जवान बलिदान भएको छ। सुरक्षा अधिकारीले यसको जानकारी दिएका छन्।

प्रारम्भिक जानकारी अनुसार, बिहान लगभग ६ः३० बजी उक्त घटना भएको हो। भारत–म्यान्मार सीमामा तारबार लगाउने काम भइरहेको क्षेत्रमा असम राइफल्सका जवानहरू गस्ती गरिरहेका बेला हमला भएको थियो। घटना अरुणाचल प्रदेशको चाङलाङ जिल्लाको नामपोंग सर्कल अन्तर्गत नामपोंग नाला नजिक भारत–म्यान्मार सीमामा भएको हो।

यो हमला एनएससीएन–के–वाईए (युङ आङ समूह) का सदस्यहरूले गरेको आशंका गरिएको छ। बलिदान हुने जवानको पहिचान हवल्दार जानखोकाई कुकी (४२) का रूपमा भएको छ।

हमलापछि सुरक्षा बलले आक्रमणकारीहरूको खोजी गर्नुका साथै सीमावर्ती क्षेत्रलाई सुरक्षित बनाउन अभियान शुरु गरेको छ। घटनाको सही स्थान र हमलासँग सम्बन्धित परिस्थितिबारे थप जानकारी आउन बाँकी छ।

भारत–म्यान्मार सीमामा कड़ा सुरक्षा व्यवस्थाबीच यो घटना भएको हो। सीमा निगरानी र सुरक्षा सुदृढ़ गर्ने प्रयासअन्तर्गत यहाँ तारबार लगाउने काम भइरहेको छ। हमलापछि सुरक्षा निकायहरूले उक्त क्षेत्रमा उच्च सतर्कता अपनाएका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande