मोसादको हिट लिस्टमा थियो पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खान
मोसादको हिट लिस्टमा थियो पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खान


यरुशलम, 13 अक्टोबर (हि.स.)। इजराइलको खुफिया एजेन्सी मोसादले पाकिस्तानको परमाणु वैज्ञानिक अब्दुल कादिर खानको हत्या गर्ने तयारी गरेको थियो। यो खुलासा एउटा लेखमा गरिएको छ।

इजराइलको खोजी पत्रकार योसी मेलमनले दावा गरे अनुसार केही दिन पहला कोरोनाले मर्ने पाकिस्तानका परमाणु वैज्ञानिक अब्दुल कादिर खानलाई मोसादले हत्या गर्ने तयारी गरेको थियो।

हारेत डेली समाचारमा लेखिएको लेखमा भनिएको छ, खानले पाकिस्तानको परमाणु बमको खुफिया जानकारी लुकेर बिक्री गर्नुका साथै ईरानलाई परमाणु हतियार बनाउनमा मद्दत गरेको थियो। खानले लीबियाको मुअम्मार गद्दाफीको पनि परमाणु महत्वकांक्षालाई पूरा गर्न मद्दत गरेका थिए। खानले यस्तो गरेर परमाणु निरस्त्रीकरणको अन्तरराष्ट्रिय नेटवर्कलाई असन्तुलित बनाएका थिए। यस कारण इजराइल खुफिया एजेन्सी मोसादले खानलाई मार्न चाहेको थियो।

85 वर्षको उमेरमा अब्दुल कादिर खानको मृत्यु हालैमा कोरोना संक्रमणका कारण इस्लामाबादको एउटा अस्पतालमा भ्यो। पाकिस्तानका परमाणु बम निर्माताको नामले चिनिने खान असलमा ईरानको परमाणु बमको पनि गडफादर थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande