यूक्रेनमा लामो संघर्षपछि सेनामा अनिवार्य भर्ती सम्बन्धी विवादास्पद कानून पारित
यूक्रेनमा लामो संघर्षपछि सेनामा अनिवार्य भर्ती सम्बन्धी विवादास्पद कानून पारित


कीव, 12 अप्रेल (हि.स.)। यूक्रेनको संसदले सेनामा नयॉं रंगरूटको अनिवार्य भर्ती सम्बन्धित एउटा विवादास्पद कानूनलाई बिहिवार स्वीकृति दिएको छ। यसको प्रारम्भिक मस्यौदालाई कानून बन्न धेरै महिना समय लाग्यो र यसका प्रावधानहरूलाई नरम बनाउन धेरै संशोधन गरिएका छन्।

सांसदहरू पनि यस कानूनलाई लिएर लामो समयसम्म उदासीन देखिएका थिए, किनकि यो अलोकप्रिय बन्ने अनुमान थियो। राष्ट्रपति वोलोदोमिर जेलेन्स्कीले दिसम्बरमा भनेका थिए, यो कानून यूक्रेनको सेनाको अनुरोधका कारण ल्याइएको हो, जसले 500,000 भन्दा धेरै सैनिक जुटाउन चाहन्थ्यो। यो कानून पूर्व सेना कमाण्डर वालेरी जालुझनीको अनुरोधमा तयार गरिएको हो, जसले सेनाका विभिन्न ऱ्याङ्कलाई बलियो बनाउन 5 लाख नयॉं भर्तीको आवश्यकता बताएका थिए।

यूक्रेन विरुद्ध रूसको हमलापछि देशमा अग्रिम मोर्चामा सैनिकहरूको कमी भएको थियो। नयॉं कानूनको मस्यौदामा यूक्रेनवासीहरूले धेरै चासो देखाएनन्। यो कानून यस्तो समयमा पारित भएको छ जब यूक्रेनको उर्जा अवसंरचना रूसको हमलाले नष्ट भएको छ।

अधिकारीहरूले भने, रातभरि रूसको मिसाइल र ड्रेान हमलाले धेरै क्षेत्रहरूमा बुनियादी ढॉंचा र बिजुली संयंत्रहरूलाई फेरि निशाना बनायो र कीव क्षेत्रमा सबैभन्दा ठूलो बिजुली उत्पादन केन्द्र ट्रिपिलस्का ताप बिजुली घर पूर्णरूपमा नष्ट भएको छ।

यो कानूनपछि यूक्रेनका पदाधिकारीहरूको अधिकार वृद्धि हुनेछ जसले वर्तमान व्यवस्थामा धेरै परिवर्तन आउने छ। निवर्तमान सेना प्रमुख अलेक्जेन्डर सिरस्की र यूक्रेनका राष्ट्रपति वोलोदोमिर जेलेन्स्कीले अडिट गरेपछि आंकडाको समीक्षा गरे अनि आवश्यक संख्या त्यति धेरै नरहेको बताए।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande