मनसुख माण्डावियाले एम्समा डा. मनमोहन सिंहलाई भेट गरे
मनसुख माण्डावियाले एम्समा डा. मनमोहन सिंहलाई भेट गरे


नयॉं दिल्ली, 14 अक्टोबर (हि.स.)। केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख माण्डाविया पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको स्थिति बुझ्न दिल्लीस्थित अखिल आयुर्विज्ञान संस्थान (एम्स) पुगे। डा. सिंहको स्वास्थ्य खराब भएपछि बुधार उनलाई एम्स अस्पतालमा भर्ती गरिएको थियो। अहिले उनको स्थिति स्थिर रहेको बताइएको छ।

89 वर्षीय मनमोहन सिंहलाई स्वास लिनमा समस्या भइरहेको र लगातार छातीमा कंजेशन भइरहेको समस्यापछि सॉंझ 6:15 बजी दिल्ली एम्सको कार्डियो न्यूरो टावरमा भर्ती गरियो। पूर्व प्रधानमन्त्रीको उपचार न्यूरोका डाक्टर अचल श्रीवास्तव र ह्रदय रोग विशेषज्ञ डा. नीतीश नायकले गरिरहेका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande