कोरोनाको नयॉं मामिलामा कमी, 24 घण्टामा साढ़े सात हजार नयॉं मामिला अघि आयो
कोरोनाको नयॉं मामिलामा कमी


नयॉं दिल्ली, 23 नोभेम्बर (हि.स.)। देशमा कोरोनाको नयॉं मामिलामा केही कमी दर्ता गरिएको छ। गत 24 घण्टामा देशभरि 7 हजार 579 नयॉं मामिला पुष्टि भएको छ। यस अवधि कोरोनाले 236 जनाको मृत्यु भयो भने निको हुने मानिसहरूको संख्या 12 हजार 202 दर्ता गरिएको छ।

कोरोनाको मामिलामा देशमा केरला अझै पनि चिन्ताको विषय बनेको छ। गत 24 घण्टामा राज्यमा तीन हजार 698 नयॉं मामिला दर्ता गरियो। यस अवधि राज्यमा कोरोले 75 जनाको मृत्यु भएको छ।

केन्द्रिय स्वास्थ्य मन्त्रालय अनुसार मंगलवार बिहानसम्म 24 घण्टामा देशको कोरोना संक्रमण दर 0.79 प्रतिशत रहेको छ। देशमा कोरोनाको कूल तीन करोड़, 40 लाखभन्दा धेरै मामिला अघि आएको छ। कोरोनाबाट देशमा अहिलेसम्म तीन करोड़, 39 लाख, 46 हजार, 749 जना निको भइसकेका छन्।

गत 24 घण्टामा नौ लाखभन्दा धेरै टेस्ट गरिएको छ। आईसीएमआर अनुसार अहिलेसम्म 63 करोड़, 34 टेस्ट गरिएको छ। देशभरि अहिलेसम्म 117 करोड़, 63 लाख कोरोनारोधी भ्याक्सिन दिइएको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande