बंगालमा एक दिनमा कोरोनाको 803 नयॉं मामिला
बंगालमा एक दिनमा कोरोनाको 803 नयॉं मामिला


कोलकाता, 24 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा कोरोना संक्रमणमा कमी आइरहेको छ। मंगलवार राज्य स्वास्थ्य विभागद्वारा जारी हेल्थ बुलेटिन अनुसार राज्यमा गत 24 घण्टामा कोरोनाको 803 नयॉं मामिला पुष्टि भएको छ। यस अवधि 39 हजार 19 जनाको नमूना जॉंच गरिएको थियो। यसरी नै कोरोना संक्रमणबाट 811 जना निको भएर सामान्य जीवनमा फर्किएका छन्।

बुलेटिन अनुसार राज्यभरि अहिलेसम्म यो महामारीको चपेटमा आउने मानिसहरूको संख्या 16 लाख 11 हजार 983 पुगेको छ। यसमा 15 लाख 84 हजार 670 जना निको भइसकेका छन्। यस अतिरिक्त गत 24 घण्टामा कोरोनाले 12 जनाको मृत्यु पनि भएको छ। यसका साथै राज्यमा कृतकहरूको संख्या बढेर 19 हजार 419 पुगेको छ। राज्यमा अझै पनि सात हजार 894 जना विभिन्न अस्पतालहरूमा उपचाराधीन छन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande