बढ्दो वायु प्रदूषणको मध्यनजर दिल्लीमा निर्माण कार्यमाथि रोक
बढ्दो वायु प्रदूषणको मध्यनजर दिल्लीमा निर्माण कार्यमाथि रोक


नयाँ दिल्ली, 25 नोभेम्बर (हि.स.)। दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले राज्यमा बढ्दो वायु प्रदूषणको मध्यनजर तत्काल प्रभावदेखि निर्माण गतिविधिहरूमा रोक लगाइएको जनाएका छन्। रायले बिहीबार एक बयान जारी गरी भनेका छन्, ‘गत तीन-चार दिनमा वायु प्रदूषणको स्थितिमा सुधार देखिएको थियो तर आज अचानक वायु प्रदूषणमा बढ़त दर्ता गरिएको छ। जसलाई ध्यानमा राख्दै निर्माण कार्यहरूमा तुरन्तै रोक लगाइएको छ। निर्माण कार्यहरूमा रोक लाग्दा दैनिक ज्याला कमाउने मजदूरहरूलाई कुनै आर्थिक समस्या नहोस् यसको निम्ति उनीहरूलाई आर्थिक मद्दत दिने योजना बनाइएको छ’।

उल्लेख्य, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो एक बयानमा भनेका थिए, ‘निर्माण कार्यहरूमा लागेका मजदूरहरूलाई आर्थिक मद्दत दिइनेछ। रजिस्टर्ड मजदूरहरूलाई तुरन्तै 5 हजार रूपियाँ दिने फसेला गरिएको छ। जुन मजदूरहरूको रजिस्ट्रेशन भएको छैन, उनीहरूको अन साइट नै रजिस्ट्रेशन गरिनेछ साथै प्रदूषणको कारण निर्माण कार्य बन्द भए न्यूनतम वेतनको आधारमा क्षतिपूर्ति गरिनेछ’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande