आजादीपछि अब उत्तर प्रदेशले आफ्नो हक पाउनु शुरू भयो- प्रधानमन्त्री
आजादीपछि अब उत्तर प्रदेशले आफ्नो हक पाउनु शुरू भयो- प्रधानमन्त्री


(अपडेट)...नोएडा, 25 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार उत्तर प्रदेशको जेवरमा अन्तरराष्ट्रिय हवाई अड्डाको शिलान्यास गर्दै उत्तर प्रदेशले अब त्यो पाउनु शुरू भएको छ, जसको प्रदेश संधैदेखि अधिकारी रहेको छ भनेका छन्। उनले राज्यको प्रगतिमा बाधा पुऱ्याउनको निम्ति जमेर आलोचना गरे। साथै उनले समाजवादी पार्टीका अध्यक्ष एवं उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवमाथि अपरोक्ष रूपमा हमला जारी राखे। उनले पछिल्ला राज्य सरकारहरूमाथि हमला गर्दै भने, ‘उनीहरूले पूर्ववर्ती केन्द्र सरकारलाई चिट्ठी लेखेर यस प्रोजेक्टलाई बन्द गर्ने सिफारिश गरेका थिए’।

उनले जेवर अन्तरराष्ट्रिय हवाई अड्डाको शिलान्यास गरेपछि आयोजित विशाल जनसभालाई सम्बोधित गर्दै भने, ‘आजादीको सात दशकपछि पहिलो पल्ट उत्तर प्रदेशले त्यो पाउनु शुरू भएको छ, जसको प्रदेश संधैदेखि अधिकारी रहेको छ। पहिलेका सरकारहरूले उत्तर प्रदेशलाई अभाव र अन्धकारमा राखे। पहिलेका सरकारहरूले जुन उत्तर प्रदेशलाई सदैव झूठा सपना देखाए, त्यही उत्तर प्रदेशले आज राष्ट्रिय होइन तर अन्तरराष्ट्रिय छाप छोड़िरहेछ। अब डबल इन्जिनको सरकारको प्रयासहरूले आज हामी त्यही हवाई अड्डाको भूमिपूजनको साक्षी बनिरहेका छौं। उत्तर प्रदेशमा पहिले जुन सरकार थियो, उसले त चिट्ठी लेखेर तबको केन्द्र सरकारलाई यस हवाई अड्डाको प्रोजेक्टलाई बन्द गर्नलाई भनेको थियो’।

उनले नाम नतोकी भने, ‘हाम्रो देशमा केही राजनीतिक दलहरूले सदैव आफ्नो स्वार्थलाई सर्वोपरि राखेका छन्। यिनीहरूको सोच रहेको छ- सपना स्वार्थ, केवल आफ्नो, परिवारको विकास जबकि हामी राष्ट्र प्रथमको भावना लिएर हिँड्छौं। राज्य र केन्द्रमा पहिले जुन सरकारहरू रहे, उनीहरूले कसरी पश्चिमी उत्तर प्रदेशको विकासलाई अदेखा गरे, त्यसको एक उदाहरण यो जेवर हवाई अड्डा पनि हो। दुई दशकअघि उत्तर प्रदेशको भाजपा सरकारले यस प्रोजेक्टको सपना देखेको थियो। अब यो जमीनमा साकार हुन गईऱहेछ। इन्फ्रास्ट्रक्चर हाम्रो निम्ति राजनीतिको नभएर राष्ट्रनीतिको हिस्सा हो। प्रोजेक्ट्स बाधित नहोस्, नभट्कोस्, हामीले यो सुनिश्चित गरिरहेका छौं। तय समयभित्र नै इन्फ्रास्ट्रक्चरको काम पूरा गरियोस्, हामीले यो सुनिश्चित गर्ने प्रयास गरिरहेका छौं। यो उत्तर भारतको लजिस्टिक गेटवे बन्नेछ। यो हवाईअड्डा युवाहरूलाई रोजगार प्रदान गर्नबाहेक भारतीय र विदेशबाट आउने दुवैको सेवा गर्नेछ’।

प्रधानमन्त्रीले भने, ‘आज देशमा जतिको तीव्र गतिमा एविएशन सेक्टरमा वृद्धि भईऱहेछ, जुन तीव्र गतिले भारतीय कम्पनीहरूले सैकड़ौं नयाँ विमानहरू किनिरहेका छन्, उनीहरूको निम्ति पनि नोएडा इन्टरनेशनल एयरपोर्टको धेरै ठूलो भूमिका हुनेछ। यो विमानहरूको रखरखाव, मरम्मती र संचालनको सबैभन्दा ठूलो केन्द्र हुनेछ। 21औं शताब्दीको नयाँ भारतले आज राम्रोभन्दा राम्रो आधुनिक आधारभूत संरचनाको निर्माण गरिरहेछ। उत्तम सड़कहरू, उत्तम रेल नेटवर्क, उत्तम एयरपोर्ट, यी केवल इन्फ्रास्ट्रक्चर प्रोजेक्ट्स हुँदैनन् तर पूरा क्षेत्रको कायाकल्प गर्छन्, मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याउछन्’।

उनले भने, ‘नोएडा इन्टरनेशनल एयरपोर्ट उत्तर भारतको लजिस्टिक गेटवे बन्नेछ। यसले यस पूरा क्षेत्रलाई नेशनल गतिशक्ति मास्टरप्लानको एक सशक्त प्रतिबिम्ब बनाउनेछ। हवाईअड्डाको निर्माणमा रोजगारका हजारौं अवसर बन्छन्। हवाई अड्डालाई सुचारू रूपमा चलाउनको निम्ति पनि हजारौं मानिसहरूको खाँचो पर्छ। पश्चिमी यूपीका हजारौं मानिसहरूलाई यस एयरपोर्टले नयाँ रोजगार पनि दिनेछ’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande