विश्व स्वास्थ्य संगठनले भारतको भ्याक्सिन मैत्री कार्यक्रम पुनः शुरू गरिनुको स्वागत जनायो
विश्व स्वास्थ्य संगठनले भारतको भ्याक्सिन मैत्री कार्यक्रम पुनः शुरू गरिनुको स्वागत जनायो


नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस अधानोम ग्रेबेसियसले कोरोना विरूद्ध लड़ाईमा विश्वलाई भ्याक्सिन पठाउने भारतको फसेलाको स्वागत जनाएका छन्। यसको निम्ति उनले केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाको आभार प्रकट गरेका छन्।

डब्ल्यूएचओ प्रमुखले बुधबार ट्वीट गरे, ‘अक्टोबरमा भारतले विश्वलाई कोरोनारोधी भ्याक्सिन कोभ्याक्सिन पठाउनेछ। यो स्वागतयोग्य कदम हो। यसको निम्ति स्वास्थ्य मन्त्री मनसुख मण्डावियालाई धन्यवाद। यस महत्वपूर्ण कदमले सालको अन्तसम्म सबै देशहरूमा 40 प्रतिशत टीकाकरणको लक्ष्यसम्म पुग्नमा मद्दत मिल्नेछ’।

उल्लेख्य, दुई दिनअघि केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले भ्याक्सिन मैत्री कार्यक्रम पुनः शुरू गर्ने घोषणा गरेका थिए। यस अन्तर्गत अक्टोबर-दिसम्बरमा अतिरिक्त भ्याक्सिनहरूको निर्यात हुनेछ, देशको आवश्यकताहरूलाई पूरा गरेपछि कोभ्याक्सिनलाई विश्वमा पठाइनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande