राष्ट्रिय अनुसूचित जाति आयोगले राष्ट्रपतिलाई वार्षिक रिपोर्ट सुम्प्यो
राष्ट्रिय अनुसूचित जाति आयोगले राष्ट्रपतिलाई वार्षिक रिपोर्ट सुम्प्यो


नयाँ दिल्ली, 22 सेप्टेम्बर (हि.स.)। राष्ट्रिय अनुसूचित जाति आयोग (एनसीएससी) ले आफ्नो वार्षिक रिपोर्ट माननीय राष्ट्रपति रामनाथ कोविन्दलाई सुम्पेको छ। मंगलबार राष्ट्रिय अनुसूचित जाति आयोगका अध्यक्ष विजय साम्पलाको नेतृत्वमा आयोगको एक प्रतिनिधिमण्डलले माननीय राष्ट्रपतिसित भेट गऱ्यो। यस अवधिमा 2018-19 र 2019-20 को निम्ति आयोगको वार्षिक रिपोर्ट सुम्पियो। यस अवधिमा अध्यक्ष विजय साम्पला बाहेक आयोगका उपाध्यक्ष अरूण हालदार, सदस्य डा. अन्जू बाला र सुभाष रामनाथ पारधी पनि उपस्थित रहे। संसदको आगामी सत्रमा आयोगको यो रिपोर्ट पेश गरिनेछ तब यसलाई सार्वजनिक गर्न सकिनेछ।

ज्ञात होस्, वर्तमानमा छैठौं आयोगको पहिलो वार्षिक रिपोर्ट हो। छैठौं आयोगको गठन यही साल फरवरी महिनामा विजय साम्पलाको अध्यक्षतामा गरिएको थियो। उल्लेख्य, भारतका राष्ट्रपतिलाई वार्षिक रिपोर्ट र अन्य रिपोर्ट तयार गरी सुम्पिनु आयोगको संवैधानिक दायित्व हो। आयोगको वार्षिक रिपोर्टमा अनूसूचित जातिका मानिसहरूका अधिकार, उनीहरूको सुरक्षा-सरक्षण र कल्याणसित सम्बन्ध सिफारिशहरू हुन्छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande