पाकिस्तानको वायुसेनाको प्रशिक्षक विमान दुर्घटनाग्रस्त
पाकिस्तानको वायुसेनाको प्रशिक्षक विमान दुर्घटनाग्रस्त


इस्लामाबाद, 22 सेप्टेम्बर (हि.स.)। पाकिस्तानको वायुसेनाको प्रशिक्षक विमान बुधबार मर्दान नजिक नियमित प्रशिक्षण मिशनमा दुर्घटनाग्रस्त भयो। वायुसेनाका प्रवक्ता अनुसार, दुर्घटनाको जाँच गर्नको निम्ति जाँच समितिको गठन गरिएको छ। यस दुघर्टनामा कोही हताहत भएको छ वा छैन, अहिले स्थिति स्पष्ट छैन। यसअघि अगस्तमा पाकिस्तानी वायुसेनाको लड़ाकू प्रशिक्षक विमान नियमित प्रशिक्षण मिशनमा अटक नजिक दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा पनि कोही हताहत भएको वा सम्पत्तिलाई नोकसान भएको सूचना थिएन। गत साल यस्तै किसिमको कम्तीमा पाँच वटा घटनाहरू घटेको थियो, जसमा पाकिस्तानी वायुसेनाका चार वटा जेट प्रशिक्षण मिशनमा दुर्घटनाग्रस्त भएका थिए।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande