सिक्किमका नवनियुक्त राज्यपालको बिहिवार शपत ग्रहण
सिक्किमका नवनियुक्त राज्यपालको बिहिवार शपत ग्रहण


पाकिम, 15 फरवरी (हि.स.)। सिक्किमका नवनियुक्त राज्यपाल लक्ष्मण प्रसाद आचार्य सिक्किम आइपुगेका छन्। राज्यपाल आचार्य र उनको धर्मपत्नी एलपी आचार्यलाई आज रम्फूमा स्वागत गरियो। राज्यपालसॅंग मन्त्री केएन लेप्चा, गृह विभागका अतिरिक्त मुख्य सचिव ए. सुधाकर राव तथा अन्य अधिकारीहरू पनि आएका थिए।

राज्यपाललाई रम्फूको पर्यटक अतिथि गृहमा सिक्किम सरकारका मुख्य सचिव वीबी पाठक तथा अन्य वरिष्ठ अधिकारीहरूले स्वागत जनाए। राज्यपाललाई तेस्रो आईआरबीका जवानहरूले गार्ड अफ् अनर दिए। राज्यपालले भोलि 16 फरवरीको दिन सिक्किमको राज्यपालको रूपमा शपत ग्रहण गर्नेछन्।

हिन्दुस्थान समाचार/बिशाल


 rajesh pande