प्रदानमन्त्रीले 'मनका कुरा' मा पश्चिम बंगालका मछुआराहरूको समस्या सुन्ने
प्रदानमन्त्रीले 'मनका कुरा' मा पश्चिम बंगालका मछुआराहरूको समस्या सुन्ने


कोलकाता, 25 मार्च (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले 26 मार्च (आइतवार) बिहान 9.30 बजीदेखि शुरू भईरहेको 100औं ‘मनका कुरा’ कार्यक्रममा पश्चिम बंगालका मछुआराहरूको समस्याहरू सुन्न गईरहेका छन्।

प्रधानमन्त्री कार्यालय अनुसार, प्रधानमन्त्रीले पश्चिम बंगालको पूर्व मेदिनीपुर जिल्लाको तटीय शहर दीघाका मछुआराहरूसित कुरा गर्नेछन्। यस खबरदेखि दीघाका मछुआराहरूका साथै स्थानीय बीजेपी नेताहरू र कार्यकर्ताहरूमा प्रधानमन्त्रीको ‘मनका कुरा’ लाई लिएर उत्साह देखिँदैछ।

यसबारे कान्थी सांगठनिक जिल्ला भाजपा उपाध्यक्ष असीम मिश्रा अनुसार, हामीलाई गर्व छ कि प्रधानमन्त्रीले 100औं मनका कुरा कार्यक्रममा पश्चिम बंगालको तटीय शहर दीघाका मछुआराहरूको कुरा सन्नेछऩ्। उनले मछुआराहरूसित भर्चुअल माध्यमले कुरा गर्नेछन्।

उल्लेख्य, ‘मनका कुरा’ कार्यक्रममा प्रधानमन्त्रीले मुख्य रूपमा देश र समाजको विकासमाथि देशवासीहरूको विचार सुन्नका साथै राष्ट्रको सर्वाङ्गीण उन्नतिको निम्ति सरकारको तर्फबाट गरिरहेका प्रयासहरूको चर्चाको साथै जनसमस्याहरू र त्यसको निवारणको उपायहरूमाथि पनि कुरा गर्दै आईरहेका छन्। यो कार्यक्रम शुरूआतदेखि नै धेरै नै लोकप्रिय रहेको छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande