नेपालमा प्रचण्ड सरकारको मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहँदा दुई दिनभित्र विस्तार हुने दाबी
नेपालमा प्रचण्ड सरकारको मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहँदा दुई दिनभित्र विस्तार हुने दाबी


काठमाडौं, 25 मार्च (हि.स.)। नेपालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको मन्त्रिमण्डल विस्तारमा ढिलाई भइरहेको छ। केन्द्रदेखि प्रदेशसम्मको मन्त्रिमण्डलमा विस्तार र फेरबदलबारे छलफल भएपनि सत्ता गठबन्धनका दलहरुबीच कुरा मिल्न सकेको छैन।

केन्द्र सरकारमा कुन दलले कति संख्या मन्त्रालय पाउनेबारे कुरा मिल्न सकेको छैन। शक्तिशाली मन्त्रालयहरुमा गठबन्धनका मुख्य दलहरुको दाबीले समस्या बनिरहेको छ। शिर्ष नेताहरुको बैठक बसेपनि निष्कर्ष निस्कन सकिरहेको छ।

यता सरकारका उपप्रधानमन्त्री समेत रहेका सीपीएन एमकेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने दाबी गरे। उनले ललितपुर जिल्लाको सार्वजनिक कार्यक्रममा उक्त दाबी गरेका हुन्।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनाउ सकिएलगत्तै प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्ने बताएका थिए। तर, एक हप्ता बितिसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन।

मन्त्रिमण्डलमा नेपाली काँग्रेस, सीपीएन यूएस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायतले महत्वपूर्ण मन्त्रालयहरुको दाबी गरिरहेका छन्।

हिन्दुस्थान समाचार/दीपेश


 rajesh pande