राधिकापुर र आनन्द विहार टर्मिनलबीच नयाँ ट्रेन सेवाको शुरूआत
राधिकापुर र आनन्द विहार टर्मिनलबीच नयाँ ट्रेन सेवाको शुरूआत


गुवाहाटी, 01 अक्टोबर (हि.स.)। राधिकापुर र आनन्द विहार टर्मिनलबीच पूर्वोत्तर सीमा रेलवे (पूसीरे) द्वारा एक नयाँ ट्रेन सेवा शुरू गरिनेछ। रेल, सूचना एवं प्रसारण तथा इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले आगामी 02 अक्टोबरमा सियालदहबाट यस नयाँ ट्रेन सेवालाई भर्चुअली हरियो झण्डा देखाउनेछन्।

उद्घाटन गरिने ट्रेन संख्या 04011 (राधिकापुर-आनन्द विहार टर्मिनल) ले आफ्नो यात्रा राधिकापुर स्टेशनबाट 12:45 बजी शुरू गर्नेछ। पूसीरेका सीपीआरओ कपिन्जल किशोर शर्माले भनेका छन्, ट्रेन संख्या 04011 (राधिकापुर- आनन्द विहार टर्मिनल) उद्घाटनी स्पेशल राधिकापुरबाट 12:45 बजी हिँड़ेर भोली पल्ट आनन्द विहार टर्मिनल 20:50 बजी पुग्नेछ। यो ट्रेन रायगंज, बारसोई जं., कटिहार जं., बरौनी जं., समस्तीपुर जं., बापूधाम मोतिहारी, गोरखपुर जं., गोन्डा जं., मुरादाबाद जं. भएर कुद्नेछ।

ट्रेनमा यात्रीहरूको सुविधाको निम्ति छह एसी 3-टियर, दुई एसी 2-टियर, एक एसी प्रथम श्रेणी, आठ स्लीपर कोच र तीन द्वितीय श्रेणीको कोच हुनेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande