
खरसाङ, 31 मई (हि.स.)। खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत दुईको सिङ्गेल चियाबगानको कोठीधुरा गाउँमा 25 परिवारलाई घरको छानाको लागि च्यादरहरु वितरण गरिएको छ। स्थानीय सार्वजनिक भवनमा शनिवार सन्त मेरिज ग्राम पञ्चायतको पञ्चायत प्रधान सहदेव तामाङको सहयोगमा 25 परिवारलाई घरको छानाको लागि च्यादरहरु वितरण गरिएको छ।
पञ्चायत प्रधानलाई अन्यहरूले पनि च्यादरको निम्ति बिन्ती चढाएपछि थप 8 परिवार जोडेर जम्मा 25 परिवारलाई घरको छानाको लागि च्यादरहरु वितरण गरिएको बताइएको छ। यस विषयमा जानकारी दिॅंदै सन्त मेरिज दुई ग्राम पञ्चायतको पञ्चायत प्रधान सहदेव तामाङ र पञ्चायत समिति सदस्य बिरेन्द्र तामाङले सन्त मेरिज ग्राम पञ्चायत दुईको सिङ्गेल चियाबारी अन्तर्गत कोठीधुरा गाउँमा 25 परिवारलाई घरको छाना मरमत्तिको लागि च्यादरहरु वितरण गरिएको बताए।
उनीहरूले भने, केही समय अघि यस क्षेत्रका मानिसहरुले पञ्चायत कार्यालयमा आएर दयनीय अवस्थामा रहेका घरहरु निरीक्षण गरिदिन अनुराेध गरेका थिए। स्थानीय पञ्चायत सदस्याहरूसॅंग गएर घरहरु निरीक्षण गर्दा एकदमै दयनीय अवस्थामा रहेको देखेका थियौँ। यतिसम्म कि घरहरु चुहुने भएर भाँडा थाप्नु पर्ने अवस्था रहेको देख्यौं। ती घरहरुलाई पञ्चायतको तर्फबाट पोलिथिन वितरण गरिए पनि त्यतिले मात्र नपुग्ने देखेर आज च्यादर वितरण गरिएको हो।
हिन्दुस्थान समाचार / हनोक