अनियन्त्रित पिकअपले मोटरसाइकल यात्रीहरूलाई ठक्कर दिॅंदा दुईको मृत्यु
अनियन्त्रित पिकअपले मोटरसाइकल यात्रीहरूलाई ठक्कर दिॅंदा दुईको मृत्यु


बाराबांकी, 30 अक्टोबर (हि.स.)। बांदा बहराइच राष्ट्रिय राजमार्गको शहावपुर टोल प्लाजा छेउ एउटा पिकअपले बाइकलाई ठक्कर दिॅंदा दुई व्यक्तिको मृत्यु भएको छ। पुलिसले शवहरू पोस्टमार्टमको निम्ति जिल्ला मुख्यालय पठाएको छ।

शहाबपुरस्थित टोल प्लाजा छेउ बुधवार अबेर सॉंझ बाराबांकीतिरबाट आइरहेको एउटा पिकअप अनियन्त्रित बन्यो। पिकअपले पहिला एउटा मारुती कारलाई ठक्कर दियो र अगाडि गुडिरहेको एउटा मोटरसाइकललाई पेल्यो। यस दुर्घटनामा मझौनी निवासी अवधेश कुमार मिश्रा र करसा कला निवासी रामकिशोर मिश्रा गम्भीर रूपमा घाइते भए। घाइतेहरूलाई जिल्ला अस्पताल पुऱ्याइयो, जहॉं चिकित्सकहरूले दुवैलाई मृत घोषित गरिदिए।

पुलिसले मामिला दर्ता गरेर कानूनी कारबाही अगाडि बढाएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande