ब्राउन शुगर बिक्री गर्ने दुई युवक पक्राउ
ब्राउन शुगर बिक्री गर्ने दुई युवक पक्राउ


रॉंची, 30 अक्टोबर (हि.स.)। रॉंचीको सदर थाना पुलिसले ब्राउन शुगर बिक्री गर्ने दुई युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम वसीम खान र फिरोज अंसारी बताइएको छ। आरोपीहरूबाट 3.64 ग्राम ब्राउन शुगर र दुईवटा मोबाइल फोन जफत गरिएको छ।

सिटी एसपी राजकुमार मेहताले बुधवार संवाददाता सम्मेलनमा भने, मादक पदार्थ विरुद्ध कारबाहीलाई लिएर सदर डीएसपीको नेतृत्वमा छापामारीको निम्ति टीम गठन गरिएको थियो। टीमले दिएको सूचनाको आधारमा मंगलम म्यारिज हल छेउबाट दुई युवकलाई पक्राउ गरियो। उनीहरूको तलासी लिॅंदा ब्राउन शुगर बरामद गरियो।

सोधपुछको क्रममा उनीहरूले ब्राउन शुगर बिक्री गर्ने गरेको जानकारी गराए। उनीहरू विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande