भारत र मालदीवबीच वार्ता, रूपे कार्डबाट शुरू भयो भुकतान
भारत र मालदीवबीच वार्ता, रूपे कार्डबाट शुरू भयो भुकतान


नयाँ दिल्ली, 07 अक्टोबर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी र मोलदीवका राष्ट्रपति मोहम्मद मुइज्जूबीच सोमवार व्यक्तिगत एवं प्रतिनिधिमण्डल स्तरको वार्ता भयो। यस अवधि दुवै देशबीच सरेन्सी स्वाप, कानून प्रवर्तन, भ्रष्टाचार निरोधी, न्यायिक अधिकारीहरूको प्रशिक्षण र खेल क्षेत्रमा सहयोगसित जोड़िएका पाँच समझौता भयो। दुवै नेता मालदीवमा रूपे कार्डले भुकतान व्यवस्थाको लाञ्चको साक्षी बने। साथै मालदीवको हनीमाधू अन्तरराष्ट्रिय एयरपोर्टको न्यू रनवेको उद्घाटन गरियो र एक्सिस ब्याङ्क बायर्स क्रेडिट फेसिलिटीको माध्यमले तयार गरिएका 700 विशेष घरहरूलाई हस्तान्तरित गरियो।

प्रधानमन्त्री मोदी र मालदीवका राष्ट्रपति मोहम्मद मोइज्जूबीच आज दिल्लीको हैदराबाद हाउसमा वार्ता भयो। वार्तापछि दुवै नेताले साझा प्रेस व्यक्तव्य दिए। यस अवधि दुवै देशबीच समझौता ज्ञापनहरूको आदान-प्रदान भयो।

प्रधानमन्त्रीले आफ्नो वक्तव्यमा भऩे, दुवै देशले मुक्त व्यापार समझौतामा चर्चा गर्ने निर्णय लिएका छऩ्। हामी स्थानीय मुद्रामा व्यापार गर्नमाथि पनि काम गर्नेछौं। यस बाहेक डिजिटल कनेक्टिविटीमाथि ध्यान केन्द्रित गरिनेछ। दुवै देशले मिलेर एक उज्जवल भविष्यको निर्माणको निम्ति काम गर्नेछन्। भारत अड्डूमा र मालदीव बेङ्गलुरूमा वाणिज्य दूतावास खोल्नलाई लिएर इच्छुक छन्। भारत र मालदीवको सम्बन्ध धेरै पुरानो छ। भारत, मालदीवको सबैभऩ्दा करीबी छिमेकी र

घनिष्ठ मित्र देश हो। हाम्रो छिमेकी प्रथमको नीति र सागर विजनमा पनि मालदीवको महत्वपूर्ण स्थान छ। आज हामीले आफ्नो आपसी सहयोगलाई रणनीतिक दिशा दिनका लागि एक व्यापक, आर्थिक र समुद्री सुरक्षा साझेदारी दृष्टिकोण अपनाएका छौं।

छिमेकी प्रथमको भारत सरकारको नीतिको उल्लेख गर्दै प्रधानमन्त्रीले भऩे, भारतले सदैव मालदीवको निम्ति पहिलो मद्दतगारको भूमिका निभाएको छ। मालदीववासीहरूका लागि आवश्यक सामग्रीको आवश्यकतालाई पूरा गर्नुहोस्, प्राकृतिक आपदाको समय पीउने पानी उपलब्ध गराउनु, कोविडको समय भ्याक्सिनको कुरा होस्, भारतले सदैव आफ्नो छिमेकी भएको दायित्वलाई निभाएको छ।

मालदीवका राष्ट्रपतिले उनको देशको कठिन समयमा सहायता र बजटीय मद्दतको निम्ति धन्यवाद टक्राए। राष्ट्रपति मोइज्जूले भने, भारत ढांचागत सुविधाहरूको विकासमा मालदीवको प्रमुख सहयोगी हो। समुद्री सुरक्षा क्षेत्रमा भारत एक महत्वपूर्ण भागीदार हो। उनको नेतृत्वमा मालदीव भारतको साथ सम्बन्धलाई अझ् बलियो बनाउनको निम्ति उत्सुक छ। दुवै देशबीच मुक्त व्यापार समझौतामाथि छिट्टै चर्चा पूरा हुनेछ। साथै मालदीवमा भारतबाट अझ् अधिक पर्यटकहरूको आगमन हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande