प्रधानमन्त्रीले मानिसहरूसित रण उत्सवमा सामेल हुने आग्रह गरे
प्रधानमन्त्रीले मानिसहरूसित रण उत्सवमा सामेल हुने आग्रह गरे


नयाँ दिल्ली, 21 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले सबैसित गुजरातको कच्छ जिल्लामा आयोजित रण उत्सवमा सामेल हुने आग्रह गरेका छन्। उनले भने, मार्च 2025 सम्म चल्ने यो उत्सवले तपाईको एवं तपाईको परिवारको निम्ति एक अविस्मरीणय़ अनुभव हुने वाचा गर्दछ।

प्रधानमन्त्रीले शनिवार एक्समा भीडियो साझा गर्दै लेखेका छन्, कच्छले तपाई सबैको प्रतीक्षा गरिरहेको छ। आउनुहोस्, वर्तमानमा जारी रण उत्सवमा कच्छको प्राचीन सेतो रंगको अनुभव लिनुहोस् तथा त्यसको शानदार संस्कृति एवं सौहार्दपूर्ण आतिथ्यको आनन्द उठाउनुहोस्। मार्च 2025 सम्म चल्ने यो उत्सव तपाईको एवं तपाईको परिवारको निम्ति एक अविस्मरणीय अनुभव हुने वाचा गर्दछ।

प्रधानमन्त्रीले एक अन्य पोस्टमा लेखेका छन्, कच्छको परम्परा, संस्कृति र विरासतको प्रतीक रण उत्सवले हरेकको मनलाई मन्त्रमुग्ध पार्नेछ। अद्भुत क्राफ्ट बजार होस्, सांस्कृतिक कार्य़क्रम या फेरि खान-पानको परम्परा, यहाँको तपाईको हरेक अऩुभव अविस्मरणीय बन्नेछ। तपाई सबैसित आग्रह छ, एक पल्ट फेरि आफ्नो परिवारको साथ यस रण उत्सवमा आवश्य आउनुहोस्।

उल्लेख्य, गुजरातको कच्छ जिल्लामा हरेक साल मनाइने ‘रण उत्सव’ आफ्नो अनौठो प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरको निम्ति प्रसिद्ध छ। कच्छको रणमा आय़ोजित हुने यो उत्सव हरेक साल सर्दीमा पूर्णिमाको रात शुरू हुन्छ। यस साल रण उत्सव 11 नोभेम्बरमा शुरू भएको थियो र यो आगामी साल 15 मार्चसम्म चल्नेछ। कच्छको सेतो रण वर्ल्ड क्लास टूरिस्ट डेस्टिनेशन बनिसकेको छ। यसको निम्ति भनिन्छ कि कच्छ देखेनौं भने केहीपनि देखेनौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande