भाजपाले दिल्ली सरकारको डा आम्बेडकर सम्मान स्कलरशिप योजनामाथि प्रश्न उठायो
भाजपाले दिल्ली सरकारको डा आम्बेडकर सम्मान स्कलरशिप योजनामाथि प्रश्न उठायो


नयॉं दिल्ली, 21 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भजापा) ले दलित विद्यार्थीहरूको निम्ति आज घोषित दिल्ली सरकारको डा. आम्बेडकर सम्मान स्कलरशिप योजनामाथि प्रश्न उठाएको छ। केजरीवाल सरकारले 2019 मा यस योजनाको घोषणा गरेको आरोप भाजपाले लगाएको छ, तर आजसम्म यस योजनाबाट कति विद्यार्थी लाभान्वित भए भन्ने कुनै जानकारी छैन।

भाजपाको आईटी सेलका प्रमुख अमित मालवीयले शनिवार सोशियल मिडिया प्लेटफर्म एक्समा यस घोषणासॅंग सम्बन्धित एउटा विज्ञापनको प्रति साझा गर्दै लेखेका छन्, 'चुनाउअघि- हरेक दिन उठ, नयॉं घोषणा गर, फेरि सुत। चुनाउपछि- सबै घोषणाहरू भूलेर मदिरा भ्रष्टाचारमा लाग। यस योजनाको घोषणा उनले 2019 मा गरेका थिए। निकै प्रचार गरिएको थियो, तर आजसम्म कति दलित विद्यार्थीहरूलाई पढाउनका लागि विदेश पठाइयो, त्यसको कसैसॅंग कुनै जानकारी छैन। दलित विद्यार्थीहरूका लागि छात्रवृत्ति र विदेशमा पढ्नका लागि आर्थिक सहायताको योजना प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले गत दश वर्षदेखि चलाइरहेको छ।'

दिल्ली विधानसभा चुनाउअघि पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले शनिवार दलित विद्यार्थीहरूको निम्ति डा. आम्बेडकर सम्मान छात्रवृत्ति घोषणा गरे। केजरीवालले भने, दिल्ली सरकारले विदेशमा पढाईका लागि जाने दलित विद्यार्थीहरूको शिक्षाको सारा खर्च उठाउने छ।

उल्लेखनीय छ, आम आदमी पार्टी सरकरले 2019 मा विदेशमा पढ्ने लगभग 100 दलित विद्यार्थीहरूको उच्च शिक्षाको निम्ति एउटा योजना शुरू गर्ने कुरा गरेको थियो। उक्त योजनालाई वित्तीय वर्ष 2019-20 मा लागू गर्ने प्रस्ताव थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande