अगरतला, 21 दिसम्बर (हि.स.)। केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा शनिवार उत्तर-पूर्व परिषद (एनईसी) को 72औं पूर्ण बैठक त्रिपुराको अगरतला स्थित प्रज्ञा भवनमा शुरू भयो। यसमा पूर्वोत्तर भारतको विकास र समृद्धिसित जोड़िएका धेरै महत्वपूर्ण मुद्दाहरूमाथि चर्चा गरिनेछ।
यस बैठको मुख्य उद्देश्य पूर्वोत्तर क्षेत्रमा बुनियादी ढांचा, शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रहरूमा तीव्र प्रगतिको निम्ति समन्वय र सहयोग बढ़ाउनु हो। यसमा डोनर मन्त्री ज्योतिरादित्य सिन्धिया, डोनर राज्य मन्त्री डा. सुकान्त मजुमदार, विभिन्न राज्यहरूका राज्यपाल, मुख्यमन्त्री र उच्च अधिकारी उपस्थित छन्।
हिन्दुस्थान समाचार / भवानी थामी